Posts

Showing posts from February, 2022

नेपालको भुगाेल

Image
नेपालको भुगोल  नेपालकाे भाैगलिक अवस्था, धरातलीय स्वरुप, किसिम र विशेषता     भाैगलिक अवस्था        नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि रहेको छ । नेपालको पुर्व – पश्चिम लम्बाई ८८५ कि.मि रहेको छ । नेपालको उत्तर – दक्षिण चौडाई औषतमा १९३ कि.मि रहेको छ ।  अधिकतम चौडाई २४१ कि.मि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा रहेको  छ । न्युनतम चौडाई १४५ कि.मि प्रदेश १ मा रहेको छ । क्षेत्रफलको हिसाबले नेपाल विश्वको ९३ औं स्थानमा रहेको छ ।  नेपालले विश्वको क्षेत्रफलको ०.०३ प्रतिशत भु–भाग ओगटेको छ । नेपालले एसियाको क्षेत्रफलको ०.३ प्रतिशत भु–भाग  ओगटेको छ  ।  दक्षिण एसियाको क्षेत्रफलको २.८२ प्रतिशत भु– भाग ओगटेको छ ।  सुगाैली सन्धी हुनु अगाडि नेपालकाे कुल क्षेत्रफल २,०४,९१७ वर्ग कि.मि रहेकाे छ । नेपाल र इस्टइन्डिया कम्पनी बिच भारतको सुगाैली भन्ने ठाँउमा सन्धी गरिएकाेले सुगाैली भनिएकाे हाे उक्त सन्धी  सन् १८१६ मार्च ३ मा  गरिएकाे  थियाे ।  नेपाल २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश फैलिएकाे छ ।  नेपाल ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पुर्वी देशान्तर बीच रहेकाे छ । नेपाल एस