नेपालको भुगाेल
नेपालको भुगोल
नेपालकाे भाैगलिक अवस्था, धरातलीय स्वरुप, किसिम र विशेषता
- नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि रहेको छ ।
- नेपालको पुर्व – पश्चिम लम्बाई ८८५ कि.मि रहेको छ ।
- नेपालको उत्तर – दक्षिण चौडाई औषतमा १९३ कि.मि रहेको छ ।
- अधिकतम चौडाई २४१ कि.मि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा रहेको छ ।
- न्युनतम चौडाई १४५ कि.मि प्रदेश १ मा रहेको छ ।
- क्षेत्रफलको हिसाबले नेपाल विश्वको ९३ औं स्थानमा रहेको छ ।
- नेपालले विश्वको क्षेत्रफलको ०.०३ प्रतिशत भु–भाग ओगटेको छ ।
- नेपालले एसियाको क्षेत्रफलको ०.३ प्रतिशत भु–भाग ओगटेको छ ।
- दक्षिण एसियाको क्षेत्रफलको २.८२ प्रतिशत भु– भाग ओगटेको छ ।
- सुगाैली सन्धी हुनु अगाडि नेपालकाे कुल क्षेत्रफल २,०४,९१७ वर्ग कि.मि रहेकाे छ ।
- नेपाल र इस्टइन्डिया कम्पनी बिच भारतको सुगाैली भन्ने ठाँउमा सन्धी गरिएकाेले सुगाैली भनिएकाे हाे उक्त सन्धी सन् १८१६ मार्च ३ मा गरिएकाे थियाे ।
- नेपाल २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश फैलिएकाे छ ।
- नेपाल ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पुर्वी देशान्तर बीच रहेकाे छ ।
- नेपाल एसिया महादेशकाे उत्तरी गाेलार्द्धमा पर्दछ भने नेपाल भुपरिवेष्टित राष्ट्र हाे ।
- नेपालकाे उत्तरतर्फ चीनकाे स्वशासित क्षेत्र तिब्बत, दक्षिण, पुर्व र पश्चिममा भारतका सिक्कीम,पश्चिम वंगाल, विहार, उत्तरप्रदेश र उत्तराखण्ड राज्य रहेका छन ।
- नेपालकाे इन्डिया सँग मात्र सिमाना जाेडिएकाे कुल सिमाक्षेत्र १६९० कि.मि रहेकाे छ भने चीन सँग सिमान जाेडिएकाे कुल सिमाक्षेत्र १२३६ कि.मि रहेकाे छ ।
- नेपालकाे कुल अन्तर्राष्ट्रय सिमानाकाे सिमाक्षेत्र २९२६ कि.मि रहेकाे छ ।
- नेपालकाे प्रामाणिक समय गाैरिशंकर हिमाललाई काटेर गएकाे ८६ डिग्री १५ मिनेट पुर्वी देशान्तर रेखालाई आधार मानि वि.सं २०४२ बैशाख १ गते देखि लागु गरिएकाे हाे ।
- नेपालकाे समय ग्रीनवीचकाे समय भन्दा ५ घण्टा ४५ मिनेट चलाख रहेकाे छ ।
- नेपालकाे राजधानी काठमाडाैं २७ डिग्री ४२ मिनेट उत्तरी अक्षांश र ८५ डिग्री १९ मिनेट पुर्वी देशान्तरमा अवस्थित रहेकाे छ ।
- नेपालकाे मरुभुमि भनेर चिनिने जिल्ला मुस्ताङ हाे ।
- नेपालमा सबैभन्दा बढि विमान स्थल भएकाे जिल्ला साेलुखुम्बु हाे, भने धेरै झाेलुङ्गे पुलकाे जिल्ला बाग्लुङ हाे ।
- काठमाडाैं उपत्यका समुद्र सतहकाे १३१० मिटर उचाइमा रहेकाे छ ।
- नेपाल इन्डिया भन्दा २२ गुणा चीन भन्दा ६५ गुणा र रुस भन्दा १५७ गुणा सानाे रहेकाे छ ।
- नेपालदेखि तेस्राे नजिककाे देश बङ्गलादेश हाे, भने चाैथाे नजिककाे देश भुटान हाे ।
- नेपालबाट सबै भन्दा नजिककाे समुद्री सिमाना ११२७ कि.मि बङ्गालकाे खाडी हाे ।
- नेपाल र भुटान बिचकाे दुरी ३२ किलाेमिटर रहेकाे छ ।
- नेपाल र भारत बिचकाे दुरी १० गज रहेकाे छ जसलाई नाे म्यान लाइन भनिन्छ ।
- नेपाल र बङ्गलादेश बिचकाे दुरी २७ किलाे मिटर रहेकाे छ जसलाई भारतकाे सिक्किम राज्यकाे चिकेननेक बिचमा भारत पश्चिम बंगालकाे सिलगुडी करिडाेरले छुट्याएकाे छ ।
- सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर रहेको छ ।
- नेपालको उत्तरी विन्दु हुम्लाको च्याङ्ला भञ्ज्याङ, दक्षिणी विन्दु झापाको लोदावारी, पश्चिमी विन्दु कञ्नपुरको चादनी दोधारा र पुर्वी विन्दु ताप्लेजुङको लेलेपु रहेको छ ।
नेपालकाे क्षेत्रफल ः
- सुगाैली सन्धी हुनु अघि नेपालकाे कुल क्षेत्रफल ः २,०४,९१७ वर्ग कि.मि
- सुगाैली सन्धी हुनु अघि नेपालकाे पुर्व–पश्चिम लम्बाइ ः १२८८ कि.मि
- पुर्वमा किल्ला टिष्टा देखि पश्चिममा किल्ला काँगडा सम्मकाे कुल क्षेत्रफल ः २,६७,५७५ वर्ग कि.मि
- पुर्वमा किल्ला टिष्टा देखि पश्चिममा किल्ला काँगडा सम्मकाे कुल लम्बाइ ः १४१५ कि.मि
- नेपालकाे हालकाे कुल क्षेत्रफल ः १,४७,१८१ वर्ग किलाेमिटर अर्थात ५६८२७ वर्ग माइल रहेकाे छ
- वि.सं २०७७ असार ४ गते पारित भएकाे नयाँ नक्साकाे क्षेत्रफल ः १,४८,००६.६७ नापी विभागले प्रस्ताव गरेकाे
नेपालकाे नयाँ नक्सा जारी
- नेपालकाे चुच्चे नक्सा कहिले पारित भएकाे हाे । — वि.सं २०७७ असार ४ गते
- नेपाल सरकारले भारतले अतिक्रमण गरेकाे कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेतकाे नक्सा समेटेर जारी गर्ने प्रतिबद्धता कहिले जारी गरे । — वि.सं २०७७ जेठ २
- नेपाल सरकारले भारतले अतिक्रमण गरेकाे कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेतकाे नक्सा समेटेर जारी गर्ने निर्णय कहिले गर्याे । — वि.सं २०७७ जेठ ५
- नेपाल सरकारले भारतले अतिक्रमण गरेकाे कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेतकाे नक्सा समेटेर जारी कहिले गर्याे — वि.सं २०७७ जेठ ७
- नेपालकाे नयाँ नक्सा संसदमा पेस कहिले गरियाे । — वि.सं २०७७ जेठ ९
- प्रतिनीधिसभा बाट नेपालकाे नयाँ नक्सा पारित — वि.सं २०७७ जेठ ३१
- नेपालकाे नयाँ नक्सा राष्ट्रिय सभाबाट पारित — वि.सं २०७७ असार ४
- नेपालकाे नक्सा राष्ट्रपतिबाट प्रमाणित भइ राजपत्रमा प्रकाशित — वि.स २००७७ असार ४
भाैगाेलिक अवस्थिति
- नेपालकाे अक्षांश ः २६डिग्री २२ मिनेट उत्तरी अक्षांश { झापाकाे लाेदावारी ः दक्षिणकाे विन्दु } देखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश { हुम्लाकाे च्याङ्ला उत्तरी विन्दु सम्म }
- नेपालकाे देशान्तर ः ८० डिग्री ४ मिनेट पुर्वी देशान्तर { कञ्चनपुरकाे दाेधारा पश्चिमकाे विन्दु } देखि ८८ डिग्री १२ मिनेट पुर्वी देशान्तर { ताप्लेजुङकाे लेलेप पुर्वकाे विन्दु सम्म }
- नेपालकाे पूर्व – पश्चिम औषत लम्बाइः ८८५ कि. मि
- नेपालकाे उत्तर – दक्षिण औषत चाैडाइः १९३ कि.मि
- नेपालकाे उत्तर – दक्षिण न्युनतम चाैडाइः १४५ कि.मि
- नेपालकाे उत्तर – दक्षिण अधिकतम चाैडाइः २४१ कि.मि
- नेपाल क्षेत्रफलकाे आभारमा विश्वकाे — ९३ औं राष्ट्र
- नेपालले विश्वकाे कुल भु–भागकाे — ०.०३ प्रतिशत भाग ओगटेकाे छ
- एसिया महादेशकाे कुल भु–भागकाे — ०.३ प्रतिशत भाग ओगटेकाे छ
- दक्षिण एसिया क्षेत्रफल कुल भु–भागकाे — २.८२ प्रतिशत भाग ओगटेकाे छ
- एसियाका भुपरिवेष्टित राष्ट्रमा नेपालकाे स्थानः — ८औं
- विश्वमा रहेका भुपरिवेष्टित राष्ट्रहरुकाे सुचीमा ः — २१औं
- सार्कमा क्षेत्रफलका आधारमा ः — ५ औं
- विश्व मानचित्रमा नेपाल सँग मिल्दाे जुल्दाे नक्सा भएकाे देश ः — पोर्चुगल
- नेपालकाे मानचित्रमा नेपालकाे नक्सा सँग मिल्दाे जुल्दाे नक्सा भएकाे जिल्ला — बाग्लुङ
- नेपालकाे कुल क्षेत्रफलमा जल क्षेत्रकाे भाग — ७.०६ भु–भाग
- नेपालकाे कुल क्षेत्रफलमा स्थल क्षेत्रकाे भाग — ९२. ९४ प्रतिशत
- नेपालकाे कुल क्षेत्रफलमा नदिनालाले ओगटेकाे भाग — ३.९ प्रतिशत
- बंगालकाे खाडी नेपालबाट कति माइल टाढा रहेकाे छ । — ७०० माइल
- वि.सं २०७४ भाद्र २५ मा हिमाली प्रदेशमा गाभिएका नेपालका जिल्लाहरु ः रामेछाप, धादिङ्ग, गोरखा र रुकुम पूर्व
- म्याग्दी जिल्लालाई पहाडबाट हिमालमा कहिले गाभिएकाे हाे । — वि.सं २०७५ भाद्र २५ स्थानिय सरकार सञ्चालन ऐनकाे पहिलाे संशाेधन अनुसार
Comments
Post a Comment