ब्रह्माण्ड सम्बन्धी जानकारी
- सामान्यज्ञान ब्रह्माण्ड सम्बन्धी जानकारी
१.१ सौर्यमण्डल सुर्य,
ग्रह, उपग्रह, तारा
- प्रकाशले एक बर्ष पार गर्न दुरी — प्रकाश बर्ष
- एक प्रकास बर्ष भन्नाले कति दुरी — ९५ खर्ब किलोमिटर
- प्रकाशले एक सेकेन्डमा कति दुरीपार गर्दछ — ३ लाख कि.मी
- ग्रहहरुले सुर्यको वरिपरि एकपल्ट घुम्न लाग्ने अवधी — त्यस ग्रहको १ बर्षको अबधी
- सौर्यमण्डल अन्तर्गत — सुर्य, ग्रह, उपग्रह तथा अनेकौं पिण्ड, उल्का, शिशुग्रह, लामपुच्छे तारा, उल्कापिण्डहरु
- The Big Bang Theory भन्दा अघिको चर्चामा आएको सिद्धान्त — Steady State Cosmology Model सन् १९२८ मा सर जेम्स जिम्सले प्रतिपादन गरेका थिए ।
- सौर्य परिवारको उत्पति — ग्यास र धुलकण मिश्रित गोलाबाट भएको मानिन्छ ।
- सुर्य आकाशगंगाको तारापुञ्जीय केन्द्र (Galactic Center) बिचको दुरी — ३० हजार प्रकाश बर्ष
- आकाशगंगाको मोटाइ कति प्रकाश बर्ष छ — १० हजार प्रकाश बर्ष ( लम्बाई १ लाख प्रकाश बर्ष )
- अन्तरिक्षमा रहेका तारा, ग्रह, उपग्रह, तथा नक्षत्रहरुको समुहलाई — ब्रह्माण्ड (Cosmos) भनिन्छ
- ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई — — Cosmology
- Cosmic Microwave Background Radiational सिद्धान्त प्रस्तुत गर्ने वैज्ञानिक
- — अन्र्नौ पेञ्जियास र रर्बट विल्सन
- ताराहरु खुम्चदै गएर घनयुक्त पिण्डमा परिणत भई ठुलो गुरुत्वाकषर्ण शक्ति उत्पन्न हुन्छ जसका कारण प्रकाश समेत बाहिर निस्कन पाउदैन यस्तो अवस्थालाई...भनिन्छ — कालो छिद्र (Black Hole)
- कालो छिद्र कहाँ सिर्जना हुन्छ — अन्तरिक्षमा
- कुनै ग्रहले आफ्नो अक्षमा घुम्न लागेको समय अवधी....भनिन्छ ? — त्यस ग्रहको एक दिनको समय
- लाखौ करोडौं ताराहरुको समुह जस्तो देखिने ताराहरुको समुहलाई……भनिन्छ ? — तारापुञ्ज (Galaxy)
- सौर्यमण्डल अन्तर्गत नपर्ने ........हो — तारापुञ्ज
- सौर्यमण्डलमा करिब — १ लाख धुमकेतु रहेका छन
- ताराहरुको समुहलाई.....भनिन्छ । — तारामण्डल (Constellations)
- आकाशमा कतिवटा तारामण्डल रहेका छन । — ८८ वटा
- ब्रह्माण्डको अपार गुरुत्वाकर्षण शक्ति भएको अन्धकारमय प्वाललाई — कालो छिद्र
- सुर्यलाई केन्द्र बनाई पृथ्वी लगायत अन्य ग्रह उपग्रह परिक्रमा गर्छन भन्ने तथ्य सार्वजनिक गर्ने वैज्ञानिक को हुन ? —निकोलस कोपर्निकस पोल्यान्ड (सन् १५४३ मा)
- ब्रह्माण्डमा झण्डै कति तारापुञ्जहरु रहेका छन — १ खर्ब तारापुञ्ज
- तारापुञ्ज कति प्रकारका छन । — स्पाइरल, अण्डाकार र अनियमित
- सौर्यमण्डलमा कतिवटा ग्रहहरु रहेका छन — ८ वटा ग्रह
- ग्रहको सुचीबाट हटाईएको ग्रह कुन हो — यम ग्रह
- यम ग्रहलाइ सन् २००६ सेप्टेम्बर १ मा ग्रहको सुचीबाट हटाई कुन ग्रहको सुचीमा राखिएको छ — शिशुग्रह
- भित्रिग्रह अर्थात सुर्यबाट नजिकका ग्रहहरु.........भनिन्छ ? — बुध, शुक्र, पृथ्वी र मंगल
- बाहिरीग्रह अर्थात सुर्यबाट टाढाका ग्रहहरु.........भनिनछ ? — वृहस्पति, शनि, अरुण, बरुण
- उर्जाको प्रमुख स्रोत — सुर्य
- सुर्यको शक्ति कुन प्रक्रियाबाट उत्पन्न हुन्छ । — न्युक्लियर फ्युजन
- सुर्य पृथ्वीबाट कति टाढा रहेको छ । — १४ करोड ८८ लाख कि.मी
- सौर्यमण्डलको कति प्रतिशत भार सुर्यमा पर्दछ ? — ९९ प्रतिशत
- सुर्यको विकिरण नाप्ने यन्त्रलाई — पारहेलियोमिटर (Pyrheliometer)
- सुर्यको बाहिरी सतहको तापक्रम सरदर कति हुन्छ ? — ५५४० डिग्री सेन्टिग्रेड
- सुर्यको भित्रि सतहको तापक्रम सरदर कति हुन्छ ? — १ करोड ५० लाख डिग्री सेन्टिग्रेड
- सुर्यको प्रकाश पृथ्वीमा आइपुग्न लाग्ने समय — ८ मिनेट २० सेकेन्ड
- सुर्यको मध्यभागको एकप्रकारको धब्बालाई ............भनिन्छ — Umbra भनिन्छ
- सुर्यको सतहमा देखिने चम्किलो घेरालाई ............भनिन्छ ? — Penumbra
- सौर्यपरिवारको एक मुख्य सदस्य तथा आकाशमा चम्किने विशाल तारा .....हो ? — सुर्य
- सुर्यमा पाइने मुख्य खनिज तत्वहरु के –के हुन ? — हाइड्रोजन (७० प्रतिशत), हिलियम (२८ प्रतिशत) अक्सिजन, फलाम, कार्बन, नाइट्रोजन, म्याग्नेसियम, आल्मुनियम लगायतका तत्वहरु (२ प्रतिशत )
- सुर्य पृथ्वीभन्दा कति गुणा गह्रौं छ ? — ३ लाख ३३ हजार गुणा
- सुर्य व्यास कति छ ? — १३,४८,४४६ कि. मि ठुलो
- सुर्य पृथ्वीभन्दा कति गुणा ठुलो छ ? — १०९ गुणा
- स्काइल्याब के हो — सुर्यको अध्ययन गर्ने पहिलो मानवयुक्त अन्तरिक्ष यान
- सुर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न कति समय लाग्छ ? — २५ दिन ५ घण्टा
- सौर्य मण्डलको आयु कति रहेको छ ? — ४.५६ अर्ब बर्ष
- सुर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति रहेको छ — २८
- सुर्यबाट उठ्ने ज्वालालाई के भनिन्छ ? — सौर्य ज्वाला
- सुर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ
- — Cosmic Year
- सुर्यमा हिलियम कति प्रतिशत पाइन्छ ? — २८ प्रतिशत
- सुर्यमा अन्य तत्व जस्तै अक्सिजन, फलाम, कार्वन, नाइट्रोजन, म्याग्नेसियम, आल्मुनियम लगाएत तत्व कति प्रतिशत पाइन्छ ?
- — २ प्रतिशत
- सुर्यमा सबै भन्दा बढि पाईने तत्व कुन हो ?
- — हाइड्रोजन ७० प्रतिशत
- सुर्यको ताप पृथ्वीमा कुन माध्यमबाट प्राप्त हुने गर्दछ ? — Radiation
- सुर्यले परिक्रमा गर्ने कक्षलाई के भनिन्छ ? — ग्यालेस्टिक सेन्टर
- २ ग्रह उपग्रह पुच्छे तारा
- सुर्यको वरिपरि परिक्रमा गर्ने तथा सुर्यको प्रकाशबाट चम्किने पिण्डहरुलाई के भनिन्छ ? — ग्रह
ग्रह सम्बन्धी जानकारी
- सौर्यमण्डलमा कतिवटा ग्रहहरु रहेका छन ? — ८ वटा
- सुर्यबाट नजिक रहेका बुध, शुक्र, पृथवी र मंगल ग्रहलाई कस्ता भनिन्छ ? — भित्री ग्रह
- सुर्यबाट टाढा रहेका वृहस्पति, शनि, अरुण र बरुणलाई कस्ता भनिन्छ ? — बाहिरी ग्रह
- भित्री ग्रह भनेर — बुध, शुक्र, पृथ्वी मंगललाई भनिन्छ
- बाहिरी ग्रह भनेर — वृहस्पति, शनि, अरुण, बरुणलाई भनिन्छ
- सन २००६ अगस्ट २३–२४मा चेकरिपब्लिकको राजधानी प्रागमा सम्पन्न अन्तर्राष्ट्रिय खगोल विज्ञान संघको २६औं महासभाको निर्णय अनुसार कुन ग्रहलाई ग्रहको सुचिबाट हटाईएको छ ? — यम ग्रह
- यमग्रहलाई ग्रहको सुचिबाट हटाउने औपचारिक घोषणा कहिले गरियो ? — १ सेप्टेम्बर २००६
- ब्रह्माण्डमा हालसम्म कतिवटा फुच्चे ग्रहहरु Dwarf Planets पत्ता लागेका छन ? — ५ वटा
- ५ वटा फुच्चेग्रहहरु — Pluto, Ceres, Haumea, Make make, & Eris
- ग्रहरुलाई भौतिक गुणका आधारमा धरातलिय र ग्यासीय गरी २ भागमा विभाजन गरिएको छ ?
- घनत्व भएका चट्टानयुक्त संरचनाले बनेका धरातलिय ग्रहहरु कुन–कुन हुन ? —बुध, शुक्र, पृथ्वी र मंगल
- बाक्लो ग्यासीय संरचनाले बनेका ग्यासीय ग्रहहरु कुन–कुन रहेका छन ? —वृहस्पति, शनि, अरुण, बरुण
- उपग्रह नभएका ग्रहहरु कुन–कुन हुन ? —२ ग्रह (बुधग्रह, शुक्रग्रह)
- सौर्य परिवारको सबैभन्दा सानो ग्रह — बुध ग्रह
- सुर्यबाट नजिक रहेको ग्रह — बुध ग्रह
- सुर्यबाट कति टाढा रहेको छ ? — ५ करोड ७६ लाख कि.मि
- बुधग्रहलाई सुर्यको परिक्रमा गर्न लाग्ने दिन — ८७.९करिब ८८
- अक्ष भ्रमण गर्दा सधै एउटा भाग सुर्यतिर फर्काउने ग्रह — बुधग्रह
- एकापट्टि तातो अर्कापट्टि चिसो हुने ग्रह कुन हो ? — बुधग्रह
- बुधग्रहको भार कति रहेको छ ? — ३.३०×१०२३ कि.ग्रा
- बुध ग्रहले सुर्यको परिक्रमा गर्ने गति — ४८ कि.मि प्रतिसेकेण्ड
- बुध ग्रहलाई परिक्रमा गर्ने प्रथम यान कुन हो — मेसेन्जर
- बुध ग्रहमा सर्वप्रथम पठाइएको अन्तरिक्षयान — मेरिनर १०
- बुध ग्रहमा भएको एक ठुलो खाल्डोलाई के नामले चिनिन्छ ? — क्यालोरिस बोसिन
- बुध ग्रहको उपग्रह कति छन ? — छैन
- बुध ग्रहलाई आफ्नो अक्षमा घुम्न लाग्ने समय — ५८.६५ दिन
- बुध पछिको सुर्यबाट दोस्रो नजिकको ग्रह — शुक्र ग्रह
- सौर्यमण्डलको छैठौं ठुलो ग्रह शुक्र सुर्यबाट कति टाढा रहेको छ ? — १० करोड ५७ लाख कि.मि
- शुक्रग्रहको भार कति रहेको छ ? — ४.८७×१०२४ कि.ग्रा
- शुक्रग्र्हको घनत्व कति रहेको छ ? — ५.२ ग्रा.घ.से.मि
- शुक्र ग्रहलाई सुर्यको परिक्रमा गर्न लाग्ने समय — २२४.७ दिन
- शुक्र ग्रहलाई आफ्नो अक्षमा घुम्न लाग्ने समय — २४३ दिन
- सबैभन्दा लामो दिन हुने ग्रह — शुक्र ग्रह
- शुक्रग्रहको सुर्यलाई परिक्रमा गर्ने गति — ३५ कि.मि प्रतिसेकेण्ड
- शुक्र ग्रहको अधिकतम तापक्रम कति छ — ४००० सेन्टिग्रेडसम्म
- Goddess of love and Beauty उपनामले चिनिने — शुक्र
- शुक्रग्रह सुर्यास्तपछि पश्चिममा र सुर्योदयभन्दा अगाडी पुर्वमा देखिने हुदा यस शुक्रग्रहलाई Evening को साथै अर्को — Morning Star भनिन्छ
- पृथ्वीसँग समान आकार भएको कारणले शुक्रग्रहलाई...... भनिन्छ ? — पृथ्वीको जुम्ल्याहा ग्रह
- कुन ग्रहलाई रहस्यमय ग्रह Planet of Mistery का रुपमा चिनिन्छ ? — शुक्रग्रह
- वैज्ञानिकहरुद्वारा अनुसन्धान गरिएको पहिलो ग्रह — शुक्र ग्रह
- शुक्र ग्रहमा पठाइएको पहिलो अन्तरिक्षयान — मेरिनर–२
- सौर्यमण्डलको सबैभन्दा तातो ग्रह — शुक्र ग्रह
- सौर्यमण्डलको सबैभन्दा चम्किलो ग्रह — शुक्र ग्रह
- शुक्रग्रहको वातावरणमा विद्यमान .........मा सुर्यका किरण बढि मात्रामा परावर्तन भई चम्किने हुदा यो सबैभन्दा चम्किलो ग्रह हो — Acidic Clouds
- शुक्रग्रहमा उपग्रह कति रहेका छन ? — उपग्रह छैन
- निलोग्रह ग्रह भनि चिनिने ग्रह — पृथ्वी ग्रह
- मानव बसोबास भएको एक मात्र ग्रह — पृथ्वी ग्रह
- सुर्यबाट तेस्रो नजिकको ग्रह — पृथ्वी ग्रह
- सौर्यमण्डलको पाँचौं ठुलो ग्रह — पृथ्वी ग्रह
- पृथ्वीको भु–मध्यरेखीय व्यास केहि फुकेको छ भने धुर्वीय भाग कस्तो छ ? — केहि थेपिचएको छ
- पृथ्वीको कतिवटा उपग्रह रहेका छन — १ वटा
- पृथ्वीको एकमात्र उपग्रहको नाम — चन्द्रमा
- चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न कति समय लाग्छ ? — २७ दिन ७ घण्टा ४३ मिनेट ११.४७ सेकेण्ड
- चन्द्रमा पृथ्वीबाट कति टाढा रहेको छ ? — ३,८४,४०० कि.मि
- चन्द्रमाबाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ ? — १.३ सेकेण्ड
- पृथ्वीले सुर्यको परिक्रमा गर्न कति समय लाग्छ ? — ३६५दिन ५घण्टा ४८ मिनेट ४५.५१ सेकेण्ड
- पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न कति समय लाग्छ ? — २३घण्टा ५६ मिनेट ४.०९ सेकेन्ड
- पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समयलाई .....भनिन्छ ? — सौर्य दिन
- पृथ्वी आफ्नो अक्षमा कति डिग्रीको कोणमा ढल्केको छ ? — ६६१/२ डिग्रीमा
- पृथ्वीले सुर्यको परिक्रमा गर्ने गति कति रहेको छ —३० कि.मि प्रतिसेकेन्ड
- अक्षको वरिपरि घुम्दा पृथ्वीको गति भु–मध्यरेखामा कति हुन्छ ? — प्रतिघण्टा १६०० कि.मि
- पृथ्वीको अक्षमा घुम्दा भु–मध्यरेखादेखि ध्रुवतिर पृथ्वीको वेग क्रमशःकम हुदै गएर ध्रुवमा कति हुन्छ ?
- — शुन्य ० हुन्छ
- पृथ्वीको पिण्ड कति रहेको छ ? — ६×१०२४
- राशि १२ वटा छन् भने नक्षत्र कतिवटा रहेका छन ? — २७ नक्षत्र
- एकराशिबाट अर्को राशिमा पुग्न पृथ्वीलाई कति समय लाग्छ — १ महिना
- सम्वत् भन्नाले के बुझिन्छ ? — बर्ष
- पृथ्वीको उत्तर–दक्षिण ध्रुव जोड्ने बीचको काल्पानिक रेखालाई के भनिन्छ ? — पृथ्वीको अक्ष रेखा
- पृथ्वीले सुर्यको परिक्रमा गर्नेबाटोलाई के भनिन्छ ? — पृथ्वीको कक्ष
- पृथ्वी पश्चिम दिशाबाट ........दिशातर्फ घुम्छ — पुर्व दिशा
- हरेक ४÷४ बर्षमा पर्ने अधिकबर्ष — ३६६ दिनको हुन्छ
- दिन र रात बराबर हुने दिनलाई — सम्पात भनिन्छ
- दिन र रात कहिले बराबर हुन्छ — २१ मार्च र २३ सेप्टेम्बर
- २१ मार्च लाई बसन्त सम्पात भनिन्छ भने २३ सेप्टेम्बरलाई के ...भनिन्छ ? — शरद सम्पात
- कुन–कुन दिनमा सुर्यको दिकपात ०० डिग्री हुन्छ — २१ मार्च र २३ सेप्टेम्बरको दिन सुर्य भु–मध्यरेखामा लम्बरुपले पर्ने हुनाले
- पृथ्वीमा सबैभन्दा लामो दिन — २१ जुन
- पृथ्वीमा सबैभन्दा छोटो दिन — २२ डिसेम्बर
- एक आँसीको दिनदेखि अर्को आँसीको दिन सम्मको अवधीलाई के भनिन्छ ? — चन्द्रमास २९ दिन
- सबै भन्दा पुरानो सम्वत — कलिगत सम्वत
- सौर्य सम्वत ३६५दिनको हुन्छ भने चन्द्रमा सम्वत — ३५४ दिनको
- पृथ्वीबाट टाढाको ग्रह बरुण हो भने नजिकको ग्रह — शुक्र ग्रह
- पृथ्वी सँग मिल्दो जुल्दो वातावरण भएको ग्रह — मंगल ग्रह
- पृथ्वीको उत्पत्ति कहिले भएको मानिन्छ ? — साढे ४अर्ब बर्ष पहिले
- The Gaseous Theoryको सिद्धान्त प्रस्तुत गर्ने वैज्ञानिक को हुन — जर्मन दार्शनिक इमानुअल कान्ट
- जर्मन दार्शनिक इमानुअल कान्टले The Gaseous Theory को प्रस्तुत कहिले गरेका हुन ? — सन् १७७५
- पृथ्वी सुर्यदेखि कति टाढा छ ? — १४ करोड ८८लाख कि.मि
- पृथ्वीको कुल क्षेत्रफल कति छ ? — ५१ करोड वर्ग कि.मि
- पृथ्वीको उत्पत्ति सौर्यमण्डलबाट भएको हो भन्ने बिचार राख्ने विद्धान को हुन ? — बफन
- आधुनिक अथावा वैज्ञानिक विचारधारा अनुसार पृथ्वीको उत्पत्ति कसरी भएको मानिन्छ ? — सौर्यमण्डलबाट
- सौर्यमण्डलको उतपत्ति एक विशाल एवम् ग्यासीय निहारिकाबाट भएको र त्यसैबाट पृथ्वीको उत्पत्ति भएको हो भन्ने विद्धान को हुन ? — लाप्लस
- सुर्यदेखि पृथ्वी कति माइल टाढा रहेको छ ? — ९ करोड ३० लाख माइल
- पृथ्वीको ध्रुवीय व्यास कति रहेको छ ? — १२७१४ कि.मि
- पृथ्वीको भु–मध्यरेखिय व्यास कति रहेको छ ? — १२७५६ कि.मि
- पृथ्वीको ध्रुवीय व्यास भन्दा भु–मध्यरेखिय व्यास कति बढि रहेको छ ? —४२ कि.मि
- पृथ्वीको औसत व्यास कति रहेको छ ? — १२७३५ कि.मि
- स्थलमण्डलको भित्री भाग कुन धातुबाट बनेको छ ? — बेसाल्ट
- पृथ्वीको परिधी कति रहेको छ ? — ४० हजार कि.मि
- पृथ्वीको बनावटलाई कति भागमा विभाजन गरिएको छ ?
- —३ भाग स्थलमण्डल, मिश्रितमण्डल र केन्द्रमण्डल
- पृथ्वीको स्थलमण्डलको मोटाई कति छ ? — ६० कि.मि
- स्थलमण्डलको सबभन्दा माथी के रहेको छ ? — वायुमण्डल
- पृथ्वीको वरिपरि फैलिएको ग्यासिय आवरण नै.................हो —वायुमण्डल
- पृथ्वी न धेरै तातो न धेरै चिसो हुने कारण के हो ? — Echo- Sphere मा रहेकोले
- समतापमण्डल भन्नाले कुन तहलाई बुझिन्छ ? — पृथ्वीको सतहबाट १६ देखि ५० कि.मि माथिसम्मको तह
- पृथ्वीको सतहबाट उचाई तथा तापक्रमका आधारमा वायुमण्डलका ५ तह यसप्रकाका रहेका छन
- निम्नमण्डल सतह देखि १६ कि.मि उचाइ सम्म
- समतापमण्डल १६– ५० कि.मि उचाइ सम्म
- मध्यमण्डल ५०– ८० कि.मि उचाइ सम्म
- तापीयमण्डल ८०– ७२० कि.मि उचाइ सम्म
- बाह्यमण्डल ७२० कि.मि देखि अन्तरिक्षय सम्म
- वायुमण्डलको ओजन तह कहाँ रहेको छ ? —समतापमण्डल
- पृथ्वीमा जाडो र गर्मी हुनाको कारण के हो —६६.५ डिग्री ढल्केकोले
- पृथ्वीको दैनिक गतिको कारण के हुन्छ ? — दिन रात
- पृथ्वीको बार्षिक गतिको कारण के हुन्छ ? — ऋतु परिवर्तन
- १ AU भन्नाले के बुझिन्छ ? — सुर्य र पृथ्वीबिचको दुरी
- पृथ्वीको........का कारण दिनरात हुने समय निर्धारण हुने सुर्य तारा चन्द्र लगायत आकाशियपिण्डहरु पुर्वबाट उदाएर पश्चिममा अस्ताउने गर्छन । — दैनिक गति
- पृथ्वीमा पुर्वको समय छिटो र पश्चिमको समय ढिलो हुनको कारण के हो ? — पृथ्वीले आफ्नो अक्षलाई आधारमानी पश्चिमबाट पुर्वतिर घुम्ने गरेकोले
- स्थलमण्डलमा Silika र Alluminium जस्ता हलुका खनिज वस्तु पाइने हुनाले यस तहलाई के भनिन्छ ? — सियाल
- स्थलमण्डलको औसत घनत्व कति छ ? — २.७५–२.९ ग्रा.घ.से.मि
- स्थलमण्डलको मोटाई महाद्विपीय भागमा ६० कि.मि सम्म रहेको छ भने महासागरीय भागमा कति कि.मि सम्म रहेको पाइन्छ ? — २० कि.मि देखि शुन्य कि.मि सम्म रहेको छ
- पृथ्वीको औसत घनत्व कति रहेको छ ? — ५.५१७ ग्रा.घ.से.मि
- स्थलमण्डल र केन्द्र मण्डलबीचको भागलाई मध्य मण्डल Mantel layer र Pyro sphere भनिन्छ । यसमा सिलिका र म्यागनेसियम अधिक मात्रामा पाईने हुदा यस तहलाई के भनिन्छ । — सिमा
- मध्यमण्डलले पृथ्वीको कति भाग ओगटेको छ — ६८ प्रतिशत भाग
- मध्यमण्डलको मोटाई कति रहेको छ ? — ११४०– २९०० कि.मि
- मध्यमण्डलको औसत घनत्व कति रहेको छ —३.१–५.० ग्रा.घ.से.मि
- पृथ्वीको सबभन्दा भित्री भागलाई केन्द्रमण्डल भनिन्छ । यस तहमा निकेल फेरियम जस्ता धातुहरुको प्रचुरता भएकोले यसलाई के पनि भनिन्छ ? — निफे Neff
- केन्द्रमण्डलको मोटाई कति छ ? — २९००– ६३७१ कि.मि
- केन्द्रमण्डलको औसत घनत्व कति रहेको छ — ५.१–११ ग्रा.प्र.घ.से
- केन्द्रमण्डलको तापक्रम — १९००–१०,००० डिग्री सेन्टिग्रेड सम्म
- अधिक बर्षमा थप १ दिन कुन महिनामा जोडिन्छ — फेब्रुवरी
- पृथ्वीको दक्षिणी गोलाद्र्धमा जलको मात्रा करिब ५७ प्रतिशत रहेको छ भने उत्तरी गोलाद्र्धमा कति प्रतिशत रहेको छ — ४३ प्रतिशत
- अन्तरिक्षयबाट हेर्दा पृथ्वीको निलो र हरियो देखिन्छ किन ?
- — पृथ्वीको सतहमा रहेको पानी तथा जमिनमा प्रकाशको परावर्तनले गर्दा
- च्नद्रमाको कक्षीय धरातल पृथ्वीको कक्षीय धरातलसँग कति डिग्री कोण बनाई ढल्केको छ — ५.१५० डिग्री
- फेब्रुवरी महिना २८ दिनको हुन्छ भने अधिक बर्षमा कति दिनको हुन्छ — २९ दिनको
- सुर्यबाट चौंथो नजिकमा पर्ने ग्रह कुन हो — मंगल ग्रह
- सौर्यमण्डलको सातौं ठुलो र दोस्रो सानो ग्रह — मंगल ग्रह
- रातो ग्रह उपनामले चिनिने ग्रह — मंगल ग्रह
- मंगल ग्रहको भार कति रहेको छ ? — ६.४२ ×१०२३ कि.ग्रा
- मंगल ग्रह सुर्यबाट कति टाढा रहेको छ — २२करोड ५६लाख कि.मि
- मंगल ग्रहले सुर्यको परिक्रमा गर्न लाग्ने समय — ६८६.९८ दिन
- मंगल ग्रहले सुर्यको परिक्रमा गर्न लाग्ने गति — २४ कि.मि प्र.से
- मंगल ग्रह आफ्नो अक्षमा घुम्न कति समय लाग्छ ? — २४ घण्टा ३७ मिनेट २२ सेकेन्ड
- मंगल ग्रहको सबैभन्दा अग्लो चुचुरो कुन हो ? —निक्स ओल्यापिया
- मंगल ग्रह रातो किन देखिन्छ ? — लिमोनाइट अर्थात आइरन– III अक्साइड नामक मिनरलका कारण
- मंगल ग्रहको औसत घनत्व कति रहेको छ ? — ३.९३ ग्रा.घ.से.मि
- मंगल ग्रहका कतिवटा उपग्रह रहेका छन — २ वटा
- मंगल ग्रहका उपग्रहका नाम के –के हुन ? — फोबस र डिमोस
- मंगलग्रहमा प्रक्षेपण गरिएको पहिलो यान कुन हो — भाईकिङ–१
- भाईकिङ–१ नासाद्वारा कहिले सफल प्रक्षेपण गरियो — सन् १९७५ अगस्ट २० मा पठाइएको सन् १९७६ जुलाई २० मा अवतरण भएको
- मंगल ग्रहको सतहको तापक्रम कति रहेको छ ? —३०० सेन्टिग्रेड
- मंगल ग्रहको रातिको तापक्रम कति हुन्छ ? — ३८० सेन्टिग्रेड
- सौर्यमण्डलको सबै भन्दा ठुलो ग्रह कुन हो ? — वृहस्पति ग्रह
- कुन ग्रहलाई ग्रहको राजा King of Planet पनि भनिन्छ ? — वृहस्पति
- सबैभन्दा छोटो दिन हुने ग्रह कुन हो ? — वृहस्पति ग्रह
- सबैभन्दा बढि उपग्रह भएको ग्रह कुन हो ? — वृहस्पति ग्रह
- दुरीका हिसाबले पाँचौं स्थानको ग्रह कुन हो ? — वृहस्पति ग्रह
- वृहस्पति ग्रह सुर्य भन्दा कति टाढा रहेको छ ? — ७७ करोड ७२ लाख कि.मि
- वृहस्पति ग्रहले सुर्यलाई परिक्रमा गर्ने समय कति लाग्छ ? — ११.८६ बर्ष
- वृहस्पति ग्रहले सुर्यलाई परिक्रमा गर्ने गति कति रहेको छ ? — १३ कि.मि प्रतिसेकेन्ड
- वृहस्पति ग्रहलाई आफ्नो अक्षमा घुम्न कति समय लाग्छ ? — ९ घण्टा ५५ मिनेट ३० सेकेन्ड
- वृहस्पति ग्रहको क्षेत्रफल कति रहेको छ ? —६.१४१९×१०१०वर्ग कि.मि
- वृहस्पति ग्रहको औसत घनत्व कति रहेको छ ? — १.३२६ ग्राम घ.से.मि
- वृहस्पति ग्रहको सतही तापक्रम कति रहेको छ ? — १८००सेन्टिग्रेड
- वृहस्पति ग्रहको सबै भन्दा ठुलो उपग्रह कुन हो ? — गेनिमेड
- सौर्यमण्डलको सबै भन्दा ठुलो उपग्रह कुन हो ? — गेनिमेड
- बृहस्पति ग्रहको सबै भन्दा सानो उपग्रह कुन हो ? — लिडा
- सौर्य मण्डलको दोस्रो ठुलो ग्रह कुन हो ? — शनि ग्रह
- दुरीका हिसाबले छैठौं स्थानमा रहेको ग्रह कुन हो — शनि ग्रह
- पहेलो ग्रह Yello Planet उपनामले चिनिने ग्रह कुन हो ? — शनि ग्रह
- सौर्यमण्डलको ८ ग्रहमध्ये सबैभन्दा सुन्दर ग्रह कुन हो ? — शनि ग्रह
- शनि ग्रहको क्षेत्रफल कति रहेको छ ? — ४.२७ ×१०१०वर्ग कि.मि
- सुर्यबाट शनिको दुरी कति रहेको छ ? — १,६२,९४,००,००० कि.मि
- पश्चिमी दर्शनमा शनि ग्रहको उपनाम — रोमन भुमिका देवता
- पुर्वीय दर्शनमा शनि ग्रहको उपनाम — विपत्तिका कारक ग्रह
- शनि ग्रहमा रहेका रिङ्गहरुको संख्या कति रहेको छ — ७ वटा
- सबै ग्रहहरु भन्दा कम घनत्व भएको ग्रह कुन हो — शनि ग्रह
- सबै भन्दा सुन्दर ग्रह, कम घनत्व, घेरा युक्त, पहेलो ग्रह र रिङ्ग भएको ग्रह भनेर चिनिने ग्रह कुन हो ?
- — शनि ग्रह
- शनी ग्रहको कति वटा उपग्रह रहेका छन ? — ६२ भन्दा वढि
- शनि ग्रह पत्ता लगाउने वैज्ञानिक को हुन ? — ग्यालिलियो ग्यालिल
- शनि ग्रहको अध्ययन गर्न नासाले पठाएको यानको नाम के हो ? — पायनियर – २
- नासाले पायनियर – २ लाई कहिले शनि ग्रहमा पठाएको हो ? — सन् १९७९
- सुर्य र शनि ग्रहको बिचको दुरी कति रहेको छ ? – ९.५ वा ९.५ १४९५९७८७० किलो मिटर
- सबै भन्दा हलुका ग्रहको नामले चिनिने ग्रह कुन हो — शनि ग्रह
- शनि ग्रहको पिण्ड कति रहेको छ ? — ५.६८५é१०२६ के.जी
- God's sickle and string of pearlsको रुपमा चिनिने ग्रह कुन हो — शनि ग्रह
- सबै भन्दा सुन्दर ग्रहको नामले चिनिने ग्रह कुन हो — शनि ग्रह
- शनि ग्रहलाई सुर्यको परिक्रमा गर्न लाग्ने समयावधि कति हो ? — २९.६४ वर्ष
- शनि ग्रहले सुर्यको परिक्रमा गर्ने प्रति सेकेन्ड गतिको दर कति हो ? — १० कि.मि
- शनि ग्रहलाई आफ्नो अक्षमा घुम्न लाग्ने समयावधि कति हो ? — १० घन्टा १४ मिनेट
- शनि ग्रहमा मुख्य ग्यास हाइट्रोजन कति प्रतिशत रहेको छ ? — ९६ प्रतिशत
- पृथ्वीको अनुपातमा शनि ग्रहको गुरुत्वाकर्षण क्षमताको दर कति रहेको छ ? — ०.९३ प्रतिशत
- शनि ग्रहको सबैभन्दा ठुलो उपग्रहको नाम के हो ? — टाइटन
- टाइटन उपग्रह पत्ता लगाउने वैज्ञानिक को हुन ? — डच नक्षेत्रविद् क्रिश्चियन हुइजेन्स (सन् १६५५)
- शनि ग्रहको सबैभन्दा सानो उपग्रह कुन हो ? — फोबे
- शनि ग्रहको ठुलो उपग्रह टाइटनको अर्को नाम के हो ? — Planet Like Moon
- शनि ग्रहमा सफल अवतरण गर्ने पहिलो अन्तरिक्ष यान कुन हो ? — पायनियर – २
- शनि ग्रहको कुल क्षेत्रफल कति रहेको छ ? — ४.२७é१०१० वर्ग.कि.मि
- शनि ग्रहमा पाइने मुख्य ग्यासहरु कुन – कुन हुन ? — हाइट्रोजन ९६ %, हिलियम ३%, मिथेन ०.४ र अन्य ०.६%
- शनि ग्रहको व्यास कति रहेको छ ? — १,२०,००० कि.मि
- शनि ग्रहको रंग कस्तो प्रकारको रहेको छ ? — पहेलो
- ब्रह्माण्डको दोस्रो ठुलो ग्रह, रिङ्गहरुको ग्रह, कम तौलको ग्रह पहेलो ग्रहको नामले चिनिने ग्रह कुन हो ?
- — शनि ग्रह
- पुर्विय तथा ज्योतिष शास्त्रका अनुसार शनि ग्रह कस्तो ग्रहको नामले हो ?
- — अनिष्टता र पिडकको प्रतिक मानिने ग्रह
- सुर्यबाट सातौं टाढा रहेको ग्रह अरुण ग्रह
- तेस्रो ठुलो ग्रहको रुपमा परिचित ग्रह अरुण ग्रह
- पश्चिमेली दर्शनमा अरुण ग्रहको उपनाम — रोमनका देवता, शनिका पिता, बृहस्पतिका हजुर बुवा
- पूर्वीय दर्शनमा अरुण ग्रहको उपनाम — प्रातःकालका देवता वा इन्द्रका प्रतिक
- काला चट्टानहरुबाट बनेको ग्रहको नामले चिनिने ग्रह कुन हो ? — अरुण ग्रह
- पृष्ठभुमि निलो र हरियो रङको ग्रह भनि चिनिने ग्रह कनु हो ? — अरुण ग्रह
- अरुण ग्रहमा प्रचुर मात्रामा पाइने ग्यास कुन हो ? — मिथेन
- असफल ताराको नामले चिनिने प्रख्यात ग्रह कुन हो ? — अरुण ग्रह
- पश्चिमबाट सुर्य उदाउने र पूर्वबाट अस्ताउने ग्रह कुन हो ? — अरुण ग्रह
- सुर्यको परिक्रमा गर्दा पृथ्वी भन्दा ठिक उल्टो तर्फबाट घुम्ने ग्रह कुन हो ? — अरुण ग्रह
- अरुण ग्रहको व्यास कति रहेको छ ? — ५०४४२ कि.मि
- अरुण ग्रहको पिण्ड कति रहेको छ ? — ८.६८२é१०२५ कि.ग्रा
- सुर्यबाट अरुण ग्रहको दुरी कति रहेको छ ? — १९.१८ AU
- अरुण ग्रहलाई सुर्यको परिक्रमा गर्न लाग्ने समय कति हो ? — ८४ वर्ष
- अरुण ग्रहलाई आफ्नो अक्षमा घुम्ना लाग्ने समय कति हो ? — ६.८१ कि.मि. प्रतिसेकेन्ड
- अरुण ग्रहको रङ कस्तो रहेको छ ? — निलो हरियो
- अरुण ग्रहलाई आफ्नो अक्षमा घुम्ना लाग्ने समय कति रहेको छ ?
- — १७ घण्टा १४ मिनेट २४ सेकेन्ड
- अरुण ग्रह पत्ता लगाउने वैज्ञानिक को हून ? — विलियम हर्शेल
- अरुण ग्रहमा मुख्य ग्यासहरु कुन –कुन हुन ? — हाइट्रोजन ८३ , हिलियम १५, र मिथेन २ प्रतिशत
- अरुण ग्रहको रिङको रङ कस्तो रहेको छ ? — कालो
- अरुण ग्रहमा रहेका उपग्रहका संख्या कति रहेका छन ? — २७ वटा
- अरुण ग्रहको औषत तापक्रम कति रहेको छ ? — –२१६० सेन्टिग्रेड
- अरुण ग्रहको अध्ययन गर्न पठाएको पहिलो अन्तरिक्षयान कुन हो — भोयागर –२
- अरुण ग्रहमा भोयागर –२ कहिले पठाइएको थियो ? — सन् २४ जनवरी १९८६
- अरुण ग्रहको सबैभन्दा ठुलो उपग्रह कुन हो ? — टिटानिया
- अरुण ग्रहको सबैभन्दा सानो उपग्रह कुन हो ? — मिरान्डा
- बरुण ग्रहको पश्चिमी दर्शनमा उपनाम के हो ? — जल देवता
- पूर्वीय दर्शनमा बरुणको उपनाम के हो ? — समुन्द्र देवता
- पश्चिमी दर्शनमा बरुणको उपनाम के हो ? — जल देवता
- सबै भन्दा चिसो ग्रह भनेर चिनिने ग्रहको नाम — बरुण ग्रह
- आफ्नो उपग्रहहरुले विपरित दिशाबाट परिक्रमा गर्ने ग्रह — बरुण
- बरुण ग्रह पत्ता लगाउने व्यक्ति को हुन ? — जोहन गाले
- बरुण ग्रह पत्ता लगाउने अर्का व्यक्ति को हुन — अर्वेनली भर्नियर
- जोहन गाले र अर्वेनली भर्नियरले कहिले पत्ता लगाए ? — सन् १८४६
- बरुण ग्रह र सुर्यबिबचको दुरी कति रहेको छ ? — ३०.०६ ब्ग्
- बरुण ग्रहको व्यास कति रहेको छ ? — ४८९७३ कि.मि
- बरुण ग्रहको पिण्ड कति रहेको छ ? — १.०२४३é१०२६ कि. ग्रा
- बरुण ग्रहको क्षेत्रफल कति रहेको छ ? — ७.६१८३é१०९ व.कि.मि
- बरुण ग्रहको रङ कस्तो रहेको छ ? — आकाशे निलो
- बरुण ग्रहले सुर्यलाई परिक्रमा गर्न लाग्ने समय कति रहेको छ ? — १६४.९ वर्ष करिब १६५ वर्ष
- चौथो ठुलो ग्रह कुन हो ? — बरुण ग्रह
- वरुण ग्रहको आफ्नो कक्षको गति प्रति सेकेन्ड कति रहेको छ ? — ५.४३ किलोमिटर
- वरुण ग्रहलाई आफ्नो अक्षमा घुम्ना कति समय लाग्छ ? — १६ घन्टा ६ मिनेट ३६ सेकेन्ड
- बरुण ग्रहका उपग्रहहरुको संख्या कति रहेको छ ? — १४ वटा
- बरुण ग्रहको सतहको औषत तापक्रम कति रहेको छ ? — –३३०० डिग्री
- बरुण ग्रहको सबैभन्दा ठुलो ग्रह कुन हो ? — टाइटन
- बरुण ग्रहको सबैभन्दा सानो ग्रह कुन हो ? — नोसो
- बरुण ग्रहमा पहिले पुगेको यान कुन हो ? — भोयागर –२
- बरुण ग्रहमा भोयागर – २ कहिले पुगेको हो — २५ अगस्त १९८९
- विपरित दिशामा घुम्ने उपग्रह कुन हो ? — टाइटन
- बरुण ग्रहमा पाइने मुख्य ग्यास कुन हो ? — मिथेन
- बरुण ग्रह र सुर्य बिचको औषत दुरि कति रहेको छ ? — ३०.०६ é१४९५९७८७० कि.मि
- सौर्यमण्डलको सबैभन्दा टाढाको ग्रह — बरुण ग्रह
- आफ्नो प्रकाश नभएको आ–आफ्नो ग्रहको परिक्रमा गर्ने स–साना आकाशिय पिण्डलाई... भनिन्छ ?
- — उपग्रह
- उगग्रह कति प्रकारका रहेका छन ? — २ प्रकार प्राकृतिक र कृतिम
- हाल सम्म मानव निर्मित भु–उपग्रहहरुको संख्या कति रहेको छ ? — १०७१ वटा
- सबैभन्दा बढि मानव निर्मित उपग्रह पठाउने राष्ट्र कुन हो ? — अमेरिका
- सुर्यलाई पृथ्वीको विपरित दिशामा परिक्रमा गर्ने उपग्रहहरुको संख्या कति रहेको छ ? — १० वटा
- मानव निर्मित पहिलो भु–उपग्रहको नाम के हो ? — स्पुतनिक –१
- ब्रह्माण्डको सबैभन्दा ठुलो उपग्रह कुन हो ? — गेनिमेड
- ब्रह्माण्डको सबैभन्दा सानो उपग्रह कुन हो ? — लिडा
- ग्रह र उपग्रहको कक्ष दीर्घ वृत्तकार रुपमा रहेको कुरा पत्ता लगाउने वैज्ञानिक को हुन — जोहानस् केपलर
- स्पुतनिक –१ भु–उपग्रह पठाउने पहिलो देश कुन हो ? — सोभियत संघ रुस
- सबैभन्दा पहिले पठाइएको भु–उपग्रह कुन हो ? — स्पुतनिक – १
- स्पुतनिक – १ कहिले निर्माण भएको हो ? — सन् १९५७ इऋत् ४
- अन्तरिक्षमा पहिलो पटक यान पठाउने राष्ट्र कुन हो ? — रुस
- अन्तरिक्षको पहिलो यात्रीको को हुन ? — युरी गागरिन रुस
- पहिलो यात्री कुन यान मार्फत अन्तरिक्ष पुगेका हुन ? — भोस्तोक
- भोस्तोक यान कहिले अन्तरिक्षमा पठाएको थियो ? — सन् १९६१ अप्रिल १२
- अन्तरिक्षमा पठाइएको कुकुरको नाम के थियो ? — लाइका
- सोभियत संघले लाइका नामको कुकुरलाई कुन यानबाट अन्तरिक्षमा पठाइएको थियो — स्पुनतिक–२ यान
- स्पुनतिक–२ कहिले अन्तरिक्षमा पठाइएको हो ? — सन् १९५७ ल्यख २
- सर्वप्रथम चन्द्रमामा पठाइएको यान कुन हो ? — लुना २
- लुना – २ कहिले चन्द्रमा मा पठाइएको हो ? — सन् १९५९ क्भ्ए १२
- पहिलो महिला अन्तरिक्ष यात्रीको नाम के हो ? — भेलेन्टीना तेरेस्कोभा
- भेलेन्टीना तेरेस्कोभा कुन अन्तरिक्षयान मार्फत अन्तरिक्ष यात्रा गरेकी हुन ? — भोस्तोक – ६ बाट
- भोस्तोक –६ कहिले अन्तरिक्षमा प्रवेश गरेको हो ? — सन् १९६३ जुन १३
- भेलेन्टीना तेरेस्कोभा कति दिन अन्तरिक्षमा बिताएकी थिइन ? — ३ दिन
- चन्द्रमामा पाइला टेक्ने पहिलो अन्तरिक्ष यात्री को हुन् ? — निल आर्मस्टन
- निल आर्मस्टन सँगै चन्द्रमामा पाइला टेक्ने अर्को व्यक्ति को हुन ? — एडविन एलड्रिन
- निल आर्मस्टन र एडविन एलड्रिन सँगै अन्तरिक्षमा गएका तेस्रो यात्री को थिए ? — माइकल कोलिन्स
- निल आर्मस्टन अन्तरिक्षमा जादा कुन यानको प्रयोग गरिएको छ ? — एपोलो – ११
- एपोलो – ११ यान कहिले अन्तरिक्षमा गएको थियो ? — सन् १९६९ जुलाइ २१
- एपोलो – ११ यान चन्द्रमामा अवतरण गरेको ठाँउको नाम के हो ? — सी अफ ट्रेक्विलिटी
- एपोलो – ११ को अभियान घोषणा गर्ने अमेरिकी राष्ट्रपति को हुन ? — अमेरिकी राष्ट्रपति जोन एफ केनडी
- अमेरिकी एपोलो –११ यान र सोभियत रुसको सोयुज यालको मिलन कहिले भएको थियो ?
- — सन् १९७५ जुलाइ १७ राती ९ बजेर ३९ मिनेट
- अन्तरिक्षमा हिड्ने पहिलो व्यक्ति को हुन ? — अलेक्सी लियोनेभ
- अलेक्सी लियानेभ अन्तरिक्षमा सन् १९६५ मार्च १८ मा कति मिनेट हिडेका थिए ? — १२ मिनेट
- अन्तरिक्षमा हिड्ने पहिलो महिला अन्तरिक्ष यात्री को हुन् कहिले हिडेकी थिइन ? —स्वेतलाना सावित्सकाया सन १९८४ जुलाइ २५
- स्वेतलाना सावित्सकाया कुन यान मार्फत अनतरिक्षमा गएकी थिइन ? — सोयुज–७
- स्वेतलाना सावित्सकाया अन्तरिक्षमा कति मिनेट हिडेकी थिइन ? — ३ घण्टा २५ मिनेट
- अन्तरिक्षमा हिड्ने पहिलो व्यक्ति को हुन ? — अलेक्सि लियोनेभ
- अलेक्सि लियोनेभ कहिले कुन यानबाट अन्तरिक्षमा गएका थिए ? — सन् १९६५ मार्च १८ भोस्तोक –२ यान
- अमेरिकाले पठाएको पहिलो अन्तरिक्ष यात्रीको हुन ? — एलान सेर्पाड
- अन्तरिक्षमा यात्रा गर्ने दोस्रो व्यक्ति को हुन ? — एलान सेर्पाड
- एलान सेर्पाडले कहिले अन्तरिक्षको यात्रा गरेका थिए ? — सन् १९६१ मे ५
- अन्तरिक्षमा सबै भन्दा बढि बिताउने व्यक्ति को हुन ? — गेनाल्डी पाडाल्का
- चीनको प्रथम महिला अन्तरिक्ष यात्री को हसन ? — लिङयाङ
- चीनकी लिङयाङले कहिले अन्तरिक्षको यात्रा गरेकी थिइन ? — सन् २०१२ जुन १६
- अन्तरिक्षमा सबैभन्दा बढि समय बिताउने महिला को हुन ? — सुनिता विलियम भारतीय मुलकी अमेरिकन
- सुनिता विलियमले कहिले अन्तरिक्ष कति दिन बिताएकी थिइन ? — ३ सय २२ दिन
- सुनिता विलियम कहिले अन्तरिक्षमा गएकी थिइन ? — सन् २०१२ जुलाई १५
- सुनिता विलियम कुन यान मार्पmत अन्तरिक्षमा पुगेकी हुन ? — A3 यान
- पहिलो अन्तरिक्ष पर्यटक यात्रीको नाम के हो ? — डेनिस टिटो
- अन्तरिक्षमा पदयात्रा गर्ने पहिलो चिनिया यात्रीको नाम के हो ? — झाङ झियाङ (सन् २००८ सेप्टेम्बर २७)
- बेलायतका प्रथम अन्तरिक्ष यात्रीको नाम के हो ? — एरियल
- पहिलो भारतीय अन्तरिक्ष यात्री को हुन ? — राकेश शर्मा (सन् १९८२)
- सन् १९६२ मा अमेरिकाले अन्तरिक्षमा पठाएको बाँदरका नाम के हो ? — एनो
- कुनै अन्तरिक्ष यात्रीको तौल पृथ्वीमा २०० पाउण्ड हन्छ भने चन्द्रमामा कति हुन्छ ? — ३६.६७ पाउण्ड
- पृथ्वीबाट चन्द्रमा सबैभन्दा नजिक रहेको अवस्था कसन हो ? — पेरिगो (३५६९९१ कि.मि)
- र्पथ्वीबाट चन्द्रमा सबैभन्दा टाढा रहेको अवस्था कुन हो ? — एपोगी (४०४५१० कि.मि)
- चन्द्रमामा भएको अग्लो पहाडको नाम के हो ? — डारफलपिक
- सबै भन्दा बढि अन्तरिक्ष्को खोजी र अनुसन्धानमा लागेको राष्ट्र कुन हो ? — रुस
- चन्द्र गणना अनुसार २ ओटा सङग्रान्ती पर्ने महिना कुन –कुन हुन ? — मलमास, अधिकमास र पुरुशोतम महिना
- चन्द्रमासको अवधि कति दिनको हुन्छ ? — २९ दिन १२ घन्टा ४४ मि ३ सेकेन्ड –एक औंसी देखि अर्को औंसी सम्मको समय )
- रुसी अन्तरिक्ष यात्रीलाई के भनिन्छ ? — कोस्मोनाटु
- अमेरिकी अन्तरिक्ष यात्रीलाई के भनिन्छ ? — एस्ट्रोनाटु
- अमेरिकाले पठाएको पहिलो जासुसी भु–उपग्रहको नाम के हो ? — कोरोला
- कोरोला जासुसी भु–उपग्रह कहिले अन्तरिक्षममा पठाइएको थियो ? — सन् १९६० अगस्ट १२ मा
- सोभियत संघले पठाएको पहिलो जासुसी भु–उपग्रहको नाम के हो ? — कोस्मोस–४
- कोस्मोस–४ भु–उपग्रह कहिले अन्तरिक्षमा पठाइएको थियो ? — सन् १९६२ अप्रिल २६
- एसियाबाट अन्तरिक्षमा पुग्ने पहिलो अन्तरिक्ष यात्री कुन देशका थिए ? — भियतनाम
- नासा द्वारा स्थापित प्रथम अन्तरिक्ष अवलोकन यन्त्रको नाम के हो ? — Hubble Space Telescope
- अन्तरिक्षमा बसाइने प्रस्तावित सहरको नाम के हो ? — ओल्गा
- ओल्गाको डिजाइनर को हुन ? — डेनियल बोदिने
- मंगलग्रहमा भाइकिङ यान पठाउने राष्ट्र कुन हो ? — अमेरिका
- पछिल्लोपटक सुपरमुन कहिले लागेको थियो ? — सन् २०१६ नोभेम्बर १४ वि.सं २०७३ कार्तिक २९
- वि.सं २०७३ कार्तिक २९ मा देखिएको सुपरमुन कति ठुलो र चम्किलो थियो ? — १४ प्रतिशत ठुलो ३० प्रतिशत चम्किलो
- सुपरमुन नेपालबाट सर्वप्रथम कहिले देखिएको थियो ? — २००४ माघ १३
- सन् २०१६ नोभेम्बर १४ पछि सुपरमुन कहिले लाग्ने छ ? — सन् २०३४ नोभेम्बर २५
- सबै भन्दा ठुलो उपग्रह कुन हो ? — गेनिमेड
- भारतबाट सर्वप्रथम अन्तरिक्षमा पठाइएको अन्तरिक्ष यान कुन हो ? — आर्य भट्ट
- ग्रहहरुको परिक्रमा गर्ने पिण्डलाई के भनिन्छ ? — उपग्रह
Comments
Post a Comment