विश्वको भुगोल
विश्वको भूगोल
- भूगोलः–पृथ्वीको अध्ययन गर्ने शास्त्र, Geography
- भूगोल (Geography) शब्द ग्रिक भाषको Geografia शब्द बाट लिइएको,
- भूगोलका पिता — इराटोस्थेनेस
- इराटोस्थेनेसको जन्म — इ.पू. २७६ मा प्राचीन ग्रिसको साइरिनमा,
- इराटाेस्थेनेसको मृत्यु — इ.पु. १९४मा अलेक्जेन्ड्रीयामा (इजिप्टको राजधानी टोलेमिपाला)
- इराटोस्थेनेस — गणितविद्, भूगोलविद्, कवि, ज्योतिष, संगितसाधक थिए ।
- सर्वप्रथम भूगोल शब्दका प्रयोगकर्ता — इराटोस्थेनेस
- पृथ्वीको परिधि पत्ता लगाउने — इराटोस्थेनेस
- सर्वप्रथम पृथ्वीको नक्सा बनाउने — इराटोस्थेनेस
- पृथ्वीको कक्षको झुकाई पत्ता लगाउने — इराटोस्थेनेस
- अधिक दिन(Leap year) को अवधारणा अघि सार्नेः– इराटोस्थेनेस
- भूगोललाई छुट्टै अध्ययनको बिधाका रूपमा अघि सार्ने — इराटोस्थेनेस
- भुगोलकोे अध्ययनका लागि Latitude and Longitude शब्दको प्रयोग गर्ने — इराटोस्थेनेस
- सर्वप्रथम सूर्यदेखि पृथ्वीको दुरी नाप्ने — इराटोस्थेनेस
- इराटोस्थेनेसको नाममा कुन उपग्रहको क्रेटरको नाम इराटोस्थेनेस क्रेटर राखिएको —चन्द्रमा
- विश्वका घटनाहरूको तिथी मिति सहितको क्रमबद्ध अध्ययन गर्ने विधि (Chronology) को सुत्रपात गर्ने — इराटोस्थेनेस
- इराटोस्थेनेसका समकालीनहरूले यिनलाई ग्रिक अल्फाबेटको दोस्रा अक्षर बिटाले सम्बोधन गर्ने गरेका,
- विज्ञानका हरेक विधामा यिनले आफूलाई मूल विधाको स्पष्टता पछिको दोस्रो व्यक्ति प्रमाणित गरेकोले बिटा उपाधि दिइएको
- साधारण अल्गोरिदमबारे चर्चा गर्ने — इराटोस्थेनेस (गणितमा इराटोस्थेनेसको अल्गोरिदम सूत्रलाई Sieve Of Eratosthenen भनिने)
- प्राइम नम्बरको सूत्र निकाल्ने पहिलाे गणितिज्ञ — इराटोस्थेनेस
- इराटोस्थेनेसले अजेक्जेन्ड्रीयाको पुस्तकालयका प्रमुख लाइब्रेरियन भई ज्ञान र शिक्षाको प्रचार प्रचार र संरक्षणमा सहयोग गरेका,
- इराटोस्थेनेसले बनाएको पृथ्वीको नक्सा १९ औँ शताब्दीमा सामान्य संशोधन गरिएिको,
- पृथ्वी भकुन्डो आकारको छ भनी पत्ता लगाउने — पाईथागोरस
भूगोलका प्रकार
- भौतिक भूगोल : सौर्यमण्डलको उत्पत्ति, सूर्य, ग्रहहरू, उपग्रहहरू, अन्य पिण्डहरू, वायुमण्डल, हावापानी, महासार मौसम, माटो तथा वनस्पति र जनावरको बारेमा अध्ययन गर्ने भूगोल,
- मानव भूगोल : मानव, समाज र यस सँग सम्बन्धित वातावरणीय विषयको अध्ययन गर्ने भूगोल,
मानव भूगोलको विकास १९ औँ शताब्दीमा भएको,
भौतिक भूगोलका १० प्रकार - नक्षत्रीय भूगोल
- जटिल भौतिक भूगोल
- भु–आकृति विज्ञान
- जलवायु विज्ञान
- समुन्द्र विज्ञान
- हिमनदी विज्ञान
- जीव भूगोल
- माटो भूगोल
- Lothology
मानव भूगोलका प्रकार दुई - सामाजिन भूगोल–पृथ्वीमा अध्ययन गर्ने मानिसको सामाजिक क्रियाकलापको अध्ययन गर्ने
- आर्थिक भूगोल–मानवका आर्थिक जीवनका पाटाहरूको अध्ययन गर्ने
सामाजिक भूगोलका प्रकार
- बसोबास भूगोल
- जनसङ्ख्या भूगोल
- राजनीतिक भूगोल
- ऐतिहासिक भूगोल
- सैन्य भूगोल
- प्रादेशिक भूगोल
महादेश
- पृथ्वीमा रहेको ठुला जमिनको भूभाग–महादेश,
- महादेशले २९.२ प्रतिशत (१४ करोड ८९ लाख ८७ हजार वर्ग कि.मि.) भाग ढकेका,
- पृथ्वीको कुल क्षेत्रफल ५१ करोड वर्ग कि.मि (१९ करोड ७० लाख वर्ग माइल),
- महादेशहरूको कुल क्षेत्रफल १४करोड ८९लाख ८७ हजार वर्ग कि.मि.,
- पृथ्वीमा रहेको सम्पूर्ण जमिनको भागलाई ७ महादेशमा विभाजन गरिएको,
- क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो देखि सानो सम्म महादेश हरू क्रमशः एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका ,अन्र्टाटिका, युरोप र अस्ट्रेलिया ,
- कसै कसैले अन्टार्कटिकालाई महादेश मानेका छैनन् ।
- हेरोडोटसलका अनुसार ३ महादेशः–एसिया, युरोप, अफ्रिका
परिचय
- क्षेत्रफल ४,३९,९९,००० वर्ग कि.मि,
- स्थलीय भागको २९.८ प्रतिशत भूभाग,
- जनसङ्ख्या ६० प्रतिशत,
चार दिशा
- पूर्वमा प्रशान्त महासागर,
- पश्चिममा युरोप महादेश,
- उत्तरमा सुमेरु महासागर,
- दक्षिणमा हिन्द महासागर,
अवस्थिति
- १० डिग्री दक्षिणी अक्षांशदेखि ७८ डिग्री उत्तरी अक्षांशसम्म,
- २५ डिग्री पूर्वी देशान्तरदेखि १७० डिग्री पश्चिम देशान्तर सम्म,
- पूर्व पश्चिम लम्बाइ ९६०० कि.मि.
- उत्तर दक्षिण चौडाइ ८६०० कि. मि.
प्रमुख विशेषताहरू
- जनसङ्ख्या र भूगोलको आधारमा सबैभन्दा ठुलो महादेश,
- विषमताको महादेश,– Land Of extrims
- विविधताको महादेश,
- भौर्गभिक रूपमा कान्छो महादेश,
- Home Of man का नामले चिनिने महादेश,
- भौर्गभिक रूपमा पाँच भागमा विभाजन गरिएको महादेश,
- अधिकांश भाग उत्तरी गोलद्र्धमा रहेको,
- तीन तीर महासागर र एकातिर जमीनले घेरिएको महादेश,
- विश्वमा अद्वितीय विशेषताहरू भएको महादेश,प्रमुख विशेषताहरू
- जनसङ्ख्या र भूगोलको आधारमा सबैभन्दा ठुलो महादेश,
- विषमताको महादेश,– Land Of extrims
- विविधताको महादेश,
- भौर्गभिक रूपमा कान्छो महादेश,
- Home Of man का नामले चिनिने महादेश,
- भौर्गभिक रूपमा पाँच भागमा विभाजन गरिएको महादेश,
- अधिकांश भाग उत्तरी गोलद्र्धमा रहेको,
- तीन तीर महासागर र एकातिर जमीनले घेरिएको महादेश,
- विश्वमा अद्वितीय विशेषताहरू भएको महादेश,
विविध जानकारी
- एसिया र उत्तर अमेरिकाको सीमानामा रहेको सागर–बोरिङ सागर,
- एसिया र अफ्रिका महादेशको सीमानामा रहेको सागरः–लाल सागर,
- एसिया महादेशको सबैभन्दा लामो नदी–चीनको यान्जे नदी,(याङसिक्याङ)
- एसिया महादेशको भूपरिवेष्टित मुलुकहरूको सङ्ख्या–१२ वटा,
- एसिया महादेशमा पर्ने राष्ट्र सङ्ख्या–४८,
- एशियमा पर्ने भूपरिवेष्टित राष्ट्र–१२ सुत्रः–आउ नेता काकी अमला भुतुअ
(आर्मेनिया, उज्वेकस्तान,नेपाल, ताजकिस्तान, काजाकस्तान, किर्गिस्तान, अफगानिस्तान, मङ्गोलिया, लाओस,भुटान, तुर्कमेनिस्तान, अजरबैजान) - एसिया महादेशको सबैभन्दा ठुलो राष्ट्र चीन(९५,९६,९६१ वर्ग कि.मि.) र सानो राष्ट्र मालदिभ्स(२९८ वर्ग कि.मि.)
- एसियाको ठुलो भूपरिवेष्टित राष्ट्रः–कजाकस्तान, राजधानीः–अस्टना (२७,१७,३०० वर्ग कि.मि.) र सानो राष्ट्र अर्मेनिया, राजधानीः–यरेभान,
- दोस्रो ठुलो राष्ट्रः–मङ्गोलिया, क्षेत्रफल १५,६५,००० वर्ग कि.मि.,
- विश्वको सबैभन्दा बढी पानी पर्ने ठाउँः–मसिनराम, चेरापुञ्जी भारत, ११,४०५ मि.मि. सरदर वार्षिक वर्षा
- विश्वको सबैभन्दा कम पानी पर्ने ठाउँः–थार मरुभुमी(भारत) र गोवी मरुभुमी (चिन)
एसिया महादेशको
- अग्लो भाग सगरमाथा (८८४८ मि. नेपाल)
- होचो भुभाग मृतसागर, इजरायल, ३९२ मि.,
- मृतसागर–मृतसागरमा मानिस डुब्दैनन्,
- मृतसागर नुनिलो पानीको ताल,
- जोर्डन नदीको उद्गमस्थल,
- माछा नपाइने नदी जोर्डन नदी,
- छायाँ नदेखिने नदी जोर्डन नदी ।
- एसिया महादेशका २ महत्त्वपूर्ण आर्थिक केन्द्रहरुः–सिंगापुर र हङ्गकङ्ग,
- ‘संसारको छानो’–Roof Of The world का उपनामले चिनिने विश्वको सबैभन्दा अग्लो पठारः–पामिर पठार (तिब्बतको पठार),उचाइ–लगभग ५०००मि.,
- एसिया महादेशको चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने विश्वकै सबैभन्दा अग्लो र फराकिलो पठार, पामिरको पठारको क्षेत्रफलः–२ लाख वर्ग कि.मि.,
- संसारको उच्च समस्थलीः–संसारको छाना
- संसारको सबैभन्दा ठुलो ताल :–क्यास्पियन ताल, १,४३,२४४ वर्ग कि.मि.,
- क्यास्पियन तालः–इरान र रसियाको बिचमा पर्ने,
- विश्वको सबैभन्दा उचाइमा रहेको तालः–तिलिचो ताल, ४९१९ मिटर, नेपाल(मनाङ जिल्ला),
- विश्वको सबैभन्दा गहिरो ताल :–वैकाल ताल, १९४० मिटर,१६३७ मि.( क्षेत्रफलः–३१,४९२ वर्ग कि.मी.)
- एशियाको निलो मुटुः–वैकाल ताल,
- विश्वको सबैभन्दा ठुलो प्रायद्वीप :–अरब प्रायद्वीप, ३२ लाख ५० हजार वर्ग कि.मि.,
- विश्वको सबैभन्दा बढी वर्षा हुने ठाउँः–भारतको चेरापुन्जीमा पर्ने मासिनराम क्षेत्र,
- एशियामा फैलिएको घाँसे मैदानः–स्टेप्स,
- एसिया र रुसमा फैलिएका देशः–रुस र टर्की,
- एसिया र युरोपलाई जोड्ने पर्वतः–यूराल र ककेसस पर्वत,
- एसिया र युरोपको संयुक्त नामः–युरेशिया
- विश्वको सबैभन्दा गहिरो गल्छीः–म्याग्दीको दाना भन्ने ठाउँमा कालिगण्डकी नदिले बनाको गल्छी,
- विश्वको बढी जनसङ्ख्या भएको देशः–एशियाली देश चिन, दोस्रोः–भारत,
- एसियामा सबैभन्दा बढी भाषा बोलिने देशः–भारत, ८०० भन्दा बढी,इन्डोनेशियाः–६००, नेपालः–१२३, फिलिपीन्सः–१००
- भाषाको चिडीयाखानाः–भारत,
- एसियाको लामो हिमनदीः–सियाचेन,भारत र पाकिस्तानको बिचमा पर्ने ।
- एशियाको ठुलो नदीः–याङसिक्याङ, ५७९७ कि.मि चिन–चाइना सी मा खस्ने,
- हिन्द महासागरको मोतीः–श्रीलङ्का,
- भियतनामको पुरानो नामः–चम्पा,
- एसिया महादेशका प्रमुख नदीहरुः–यान्जे, गङ्गा, ह्याङ्हो, मेकङ, अमुर,आर्टेइस, यल्लो रिभर, सिन्धु, टिग्रीस, ब्रह्मपुत्र
- एसियाका महादेशका प्रमुख शहरहरुः–टोकियो, नयाँ दिल्ली, मुम्बई, ढाँका, बेइजिङ्, यंगुन, बैँकक, कोलम्बो, तासकन्द, हनोई ।
- एसिया महादेशका प्रमुख तिन प्रायद्धिपहरुः–अरब प्रायद्धिप, दकनको प्रायद्धिप, इन्डाचिनको प्रायद्धिप ।
- एशियाको अर्थः–पूर्व
- सर्वप्रथम एसिया शब्द प्रयोग गर्नेः–युनानीहरु
- चिन र जापानको विवादास्पद टापुः–दियायु र सिङ्काकु टापु
- सबै धर्मको उद्गमस्थलः–एसिया महादेश
- विश्वको सबैभन्दा गहिरो महासागरिय धसानः–मेरिया ट्रेन्च, फिलिपीन्स नजिक, प्रशान्त महासागर
- पूर्व देखि पश्चीमः–आसियन, सार्क, ओपेक, इयु
- शान्ति उपत्यका भारतको केरलामा पर्दछ,
- विष्णुपदी नदीः–गङ्गा नदी, विष्णु पदबाट निस्केको
- अरब राष्ट्रहरु मध्ये लेवनानमा सबैभन्दा बढी क्रिस्चियनहरू बस्दछन् ।
- विश्वका राजधानी सहरमा सबैभन्दा व्यवस्थित शहरः–सिङ्गापुर
- निषेधित शहरः–ल्हासा
- Enjoy City –कलकत्ता
- एसियाका प्रमुख पर्वतमालाहरुः–हिमालय, कुनलुन, तियनसानी, अल्टाई, तिब्बती पठान ।
- एसिया महादेशको सक्रिय ज्वालामुखीः–इन्डोनेसिया
- एशियाली राजमार्गको लम्बाईः–१,४०,०००।–
- मानव निर्मित विश्वको सबैभन्दा ठुलो मानव निर्मित तालः–ओभान ताल, युगाण्डा, अफ्रिका महादेश
- विश्वको सबैभन्दा बढी फोटो खिचिएको र चित्रलेखन गरिएको पहाडः–फुजी पहाड, जापान
- एशियाका प्रमुख खाद्यान्न बालीः–धान
- १२ वटा समुन्द्र भएको विश्वको एक मात्र देशः–रसिया
- Largest Fresh water lake in asia – Wular lake
- चिल्का तालः–भारत
- एशियको ठुलो मरुभुमीः–गोवी,चिन
- एशियाका पुराना स्थानहरुः–अंगारल्याण्ड र गोन्डावानाल्याण्ड,
- विश्वको सबैभन्दा गहिरो गल्छीः–अन्ध गल्छी,म्याग्दी नेपाल (दाना), ६,९६७ मि.
- विश्वको सबैभन्दा होचो उपत्यकाः–अरुण उपत्यका सङ्खुवासभा,८३९१(–४५७ मि.)
- विश्वको समैभन्दा अग्लो स्थानमा रहेको तालः–तिलिचो ताल, मनाङ्,४९१९ मि.
- विश्वको सबैभन्दा लामो पर्खालः–ग्रेटवाला अफ चाइना, ६२०० माइल
- निमार्णकर्ताः–सम्राट सी ह्वाङ्ती
- विश्वको सबैभन्दा लामो मानव निर्मित नहरः– The Grand Canal,चीनको बेइजिङ्मा पर्ने
- कागज, गनपाउडर, चुम्बकीय कम्पास, जस्ता वस्तु पत्ता लगाउने देशः–चिन
अफ्रिका महादेश
परिचय- क्षेत्रफल २,९७,८५,००० वर्ग कि.मि.,
- स्थलीय भागको २०.३५ प्रतिशत भूभाग,
- जनसंख्याः–१४.६ प्रतिशत
चार दिशाः–लाआभुकु
- पुर्वमा लाल सागर,
- पश्चिममा आन्ध्र महासागर,
- उत्तरमा भुमध्य सागर,
- दक्षिणमा कुमेरु महासागर,
- उत्तर दक्षिण लम्बाई ८००० कि.मि.,
- पूर्व पश्चिम चौडाई सरदर ७,४४० कि.मि.,
अवस्थीति
- ३७ डिग्री उत्तर अक्षांशदेखि ३५ डिग्री दक्षीणी अक्षांश, उद–पपु
- २० डिग्री पश्चिम देशान्तर देखि ५० डिग्री पुर्वी देशान्तर,
विशेषताहरु
- अध्यारो/कालो महादेश,
- दोश्रो ठूलो महादेश,
- उच्च समस्थलीको महादेश
- जनावरहरुको अदभुत बासस्थान भएको महादेश
- विश्वका सवैभन्दा बढी हिरा र सुन उत्पादन हुने महादेश,
- भाषिक विविधताको महादेश,(दुई हजार भन्दा बढी भाषा बोलिने)
- सबै युगको प्राचिनतम र नविनतम संस्कृती पाईने एक मात्र महादेश,
- भुमध्य रेखाले झण्डै बिच भागमा काटेको महादेश,
- सुतुरमुर्ग नामक चरा पाईने महादेश
- पिरामीडको महादेश
- भुमध्य रेखा, कर्कट रेखा र मकर रेखाले काटेको महादेश,
- चौडाई उत्तरतर्फ बढी भएको महादेश, (दुई तिहाई भाग उत्तरमा र एक तिहाई भाग दक्षिणमा )
विविध जानकारी
- अफ्रिका महादेशको सर्वोच्च शिखर किलिमन्जरो, उचाई ५,८९५ मी. /१९३४० फिट, तान्जानीया, किलिमान्जरो हिमशृङ्खला
- अरेबिक भाषमा तान्जानियको राजधानीलाई शान्तीको घर भनिने,
- तान्जानियाको राजधानीः–दारेसलामा/डोडोमा
- अफ्रिका महादेशको सवैभन्दा होचो भूभाग लेक असाल, जिबुटी, १५६ मि./५१० फिट
- अफ्रिका महादेशको सबैभन्दा ठूलो तालः– भिक्टोरीया ताल
- अफ्रिका महादेशको सबैभन्दा बढी गर्मी हुने देशः– लिबिया, जाडो हुने देशः–मोरक्का(विषम हावापानीको देश),
- अफ्रिका महादेशमा बढी वर्षा हुने ठाउँः–इक्वेटर रेखा, कम वर्षा हुने ठाउँः–कालाहारी मरुभुमी
- मिश्रको पिरामीडः–इजिप्ट, गिजाको पिरामीडः–इजिप्ट(मानव निर्मित)
- मदागास्कर टापुः–अफ्रिका
- भुमध्य रेखालाई काट्ने एक मात्र नदीः–कंगो(दुई पटक काट्ने)
- अफ्रिकाको गहिरो तालः–ताङ्गामेका
- अरेबिक भाषामा इथोपीयाको अर्थः–कफिको घर,
- कफिको सुरुवातः–इथियोपियाबाट
- विश्वको सबैभन्दा ठुलो हिराखानी :–किम्वरखान
- विश्वको सबैभन्दा ठुलो सुनखानी :–जोहान्सवर्ग,
- अफ्रिका महादेशमा पर्ने भुपरिवेष्ठीत राष्ट्रः– १६,
- अफिका महादेशमा सवैभ्रन्दा ठुलो देशः–अल्जेरिया(२३,८१,,७४१ वर्ग कि.मि.) राजधानीः–अल्जेरिस
- सानो देशः– सेसेल्स,(४५५ वर्ग कि.मि) राजधानी भिक्टोरिया सेसेल्स
- जनसंख्याको आधारमा ठुलो देशः–नाइजेरिया, राजधानीः–अबुजा, जनसंख्याः– १३ करोड ५ लाख
- ठुलो भुपरिवेष्ठीत राष्ट्रः–चाड, राजधानीः–एन्डीजामिना
- सानो भुपरिवेष्ठीत राष्ट्रः–रुवाण्डा, राजधानी–किगाली
- अल्वर्ट तालः–अफ्रिका
अफ्रीका महादेशका देशहरुको संख्याः– ५४, ५४ औ राष्ट्र दक्षिण सुडान,
- राजधानीः–जुवा
- २०११ जुलाई ९ मा स्वतन्त्र
- २०११ जुलाई १४ मा ग्ल्इ ले मान्याता दिएको
- ९८.८३ प्रतिशतले स्वतन्त्र राज्यका पक्षमा मतदान गरेका
- क्षेत्रफलः–६,१९,७४५ वर्ग कि.मि.
- UNO को १९३ औँ सदस्य राष्ट्र,
- अफ्रिका महादेशको बारेमा जानकारी दिने पहिलो व्यक्तिः–डेभिड लिभिङ स्टोन,( सन् १८५६ मा कालाहरी मरुभुमिको बाटो हुँदै अफ्रिका पत्ता लगाउने)
- अफ्रिका महादेशको घाँसे मैदानः–भेल्ड/सवाना
- अफ्रिकाको लामो हिमनदीः–किलीमञ्जरो
- विश्वको सबैभन्दा ठुलो मरुभुमीः–सहारा मरुभुमी, अफ्रिका ८४ लाख वर्ग कि.मि.
- भौगोलिक आधारमा अफ्रिका महादेशको नामः–उच्च समुस्थलीको महादेश
- विश्वको सबैभन्दा लामो देश(अफ्रिकाको ठुलो र लामो) :–नाइल, इजिप्ट ६,६९० कि.मि.,४,१३२ माइल
- नाइल नदीको उद्गमस्थलः–भिक्टोरिया ताल,तान्जानिया र केन्यामा पर्ने(क्षेत्रफल–६९,००० वर्ग कि.मि.)
- नाइल नदी मिसिने स्थलः–भुमध्य सागर,
- नाइल नदी ११ राष्ट्र भएर बग्ने,
- अफ्रिका महादेशको लामो पर्वत शृङ्खलाः–एटलस पर्वत
- अफ्रिका महादेशको सबैभन्दा ठुलो शहरः–इजिप्ट, कायरो
- अफ्रिका महादेशमा पाईने उष्ण सदाबहार जंगलः– Rain Forest
- अफ्रिका महादेशमा पर्ने प्रमुख शहरहरुः–कायरो(इजिप्ट), प्रिटोरिया, केपटाउन(द.कोरिया), ट्रिपोली(लिबीया), कासाब्लांक(मोरक्को), खार्तुम(सुडान)
- प्रमुख नदीहरुः–नाइल, कंगो, नाइजर, जाम्बेजी
- Zoo of the world :– सभाना ग्रासल्याण्ड
उत्तर अमेरिका
परिचय- क्षेत्रफल २,४३,२०,००० वर्ग कि.मि,
- महादेशहरुको सम्पूर्ण भुभागको १६.२ प्रतिशत ओेगटेको,
- जनसंख्या ८ प्रतिशत
अवस्थीती
- महादेश १० डिग्री उत्तरदेखि ८० डिगी्र उत्तरी अंक्षाश र
- २० डिग्री पश्चिम देशान्तर देखि १६० डिग्री पश्चिम देशान्तर वीच फैलिएको,
- पूर्व पश्चिम चौडाई ४८०० कि.मि.,
- उत्तर दक्षिण लम्वाई ७२०० कि.मि.,
चार दिशाः–आप्रसुपा
- पुर्वमा आन्ध्र महासागर
- पश्चिममा प्रशान्त महासागर
- उत्तरमा सुमेरु महासागर
- दक्षिणमा पानामा नहर
विशेषताहरु
- तेस्रो ठुलो महादेश,
- नयाँ संसारका उपनामले चिनिने महादेश,
- उत्तरतिर फुकेको र दक्षिणतिर साँघुरिएको महादेश,
- भुपरिवेष्ठीत राष्ट्र नभएको महादेश,
- पश्चिमी गोलाद्र्धको महादेश
- विश्वको सबैभन्दा बढी सामुन्द्रिक किनारा भएको महादेश
- १०० डिग्री पश्चिमी देशान्तरले झण्डै दुई भागमा बाँडेको महादेश
- एशिया, अफ्रिका र युरोपबाट पश्चिममा परेको महादेश
विविध जानकारी
- यो महादेश एशिया, अफ्रिका र यूरोपबाट पश्चिममा परेकोलेः– पश्चिमी गोलार्दको महादेश,
- यस महादेशको अग्लो चुचुरोः–मेकिन्ले, अलास्का(६,१९४ वर्ग कि.मि.)अमेरिका, रक्की पर्वतमालामा पर्ने,
- उत्तर अमेरिकाको पश्चिमी भागमा उत्तर–दक्षिण फैलिएको पर्वत शृङ्खलाः–रक्की पर्वत शृङ्खला
- होचो भागः– क्यालिफोर्नियाको डेथ भ्याली, २८२ मि.
- जाडो हुने ठाउँः–ग्रीनल्याण्ड
- गर्मि हुने ठाउँः–डेथ भ्याली, क्यालिफोर्निया
- ठुलो मरुभुमीः–ग्रेट बेसिन
- उत्तर अमेरिका र दक्षिण अमेरिकालाई छुटाउनेः–पानामा नहर
- उत्तर अमेरिका इटाली पत्ता लगाउनेः– क्रिष्टोफर कोलम्वस, सन् १४९२ मा ,
- यो महादेशको नाम अमेरिगो विस्पुक्की नामक साहसी यात्रीको नामबाट राखिएको,
- यो महादेशको सबैभन्दा ठूलो पर्वत मेकिन्ले अलास्का , उचाई ६,१९४ मी.,
- विश्वको सबैभन्दा ताजा पानीको ताल, ठुलो ताल र चिसो तालः–सुपेरियर ताल, क्यानडा(क्षेत्रफल ८२,३५० वर्ग कि.मि.)
- महान ताल(Grate Lakes ) :–उत्तर अमेरिकाका पाँच ताल, सुपरियर, मिचिगन, ह्युरी, इरी र ओन्टेरियो ।
- विश्वको सबैभन्दा ठूलो बन्दरगाहाः–न्यूयोर्क शहर,
- उत्तर अमेरिको सवैभन्दा लामो नदीः–मिसिसिपि नदी,६,२४० कि.मि.
- उत्पति–ओलास्का, खस्नेः–मेक्सीको खाडी, सुत्रः–ओमे
- विश्वको सबैभन्दा ठुलो गुम्बजः–एस्ट्रोडम, उत्तर अमेरिका
- लामो हिमनदीः–हवार्ड/बेरिङ
- प्रमुख पर्वतमालाः– अपालीचयन,
- घाँसे मैदानः–प्रेयरी
- २३ राष्ट्र रहेको महादेश,
- भुपरिवेष्ठीत राष्ट्र नभएको महादेश,
- सबैभन्दा ठूलो राष्ट्र क्यानडा,९९,७६,१८६ वर्ग कि.मि.,राजधानीः–ओटावा, क्यानडालाई लिलिहरुको देश पनि भनिने,
- सानो राष्ट्र सेन्ट किट्स एण्ड नेभिस, क्षेत्रफल २६२ वर्ग कि.मि., राजधानी बासेटेरे,
- उत्तर अमेरिकाको जनसंख्याका आधारमा ठुलो देशः–अमेरिका,
\ उत्तर अमेरिकाको सक्रिय ज्वालामुखीः–माउन्ट शान्ता मारिया, ग्वाटेमाला, अमेरिका - विश्वको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्जः–North Greenland National Park , Greenland, North America
- विश्वको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्जः–Yellow Stone National Park America, North America
- गल्फ स्ट्रिम धारः–उत्तर अमेरिका महादेशको किनारा भई बग्छ ।
- न्यु सावथवेल्स धारः–अष्ट्रेलिया महादेशको किनारा भई बग्छ ।
- सामुन्द्रिकधार भुमध्यरेखामा पुर्वबाट पश्चिम बग्छ ।
- उत्तर अमेरिका महादेशका प्रमुख नदिहरुः–मिसिसिपी मिसौरी, हड्सन, युकन, अरकन्सास, कोलोराडो, ओहियो, कोलम्बीया
- प्रमुख शहरहरुः–न्युयोर्क, , वासिङ्टन डि.सी. सन्फ्रान्सीस्को , सिकागो, मेक्सीको, मन्ट्रियल, ओटावा
दक्षिण अमेरिका
परिचय- क्षेत्रफल १,७७,९८,५०० वर्ग कि.मि,
- कुल स्थलिय भूभागको ११.९ प्रतिशत भुभाग ओगटेको,
- जनसंख्याः–६ प्रतिशत
- उत्तर दक्षिण लम्वाई ७,४४२ कि.मि.
- पूर्व पश्चिम चौडाई ५,२२१ कि.मि.
अवस्थीती
- १२ डिग्री उत्तरी अक्षांश देखि ५६ डिग्री दक्षिणी अक्षांश
- ३५ डिग्री पश्चिमी देशान्तर देखि ८० डिग्री पश्चिमी देशान्तरसम्म
चार दिशाः–आप्र–आक्या–कु - पुर्वमा आन्ध्र महासागर
- पश्चिममा प्रशान्त महासागर
- उत्तरमा आन्ध्र महासागर कै क्यारिबियन सागर
- दक्षिणमा कुमेरु महासागर/अन्टार्कटिका महादेश
विशेषताहरु - चौथो ठूलो महादेश ।
- पंक्षीको महादेश ।
- धेरै भाग दक्षिण गोलाद्र्धमा पर्ने,
विविध जानकारी - द. अमेरिका महादेशका दुई भूपरीवेष्ठित मुलुकहरुः– बोलिभिया र पाराग्वे,
- विश्वको सबैभन्दा उचाईमा रहेको राजधानीः–बोलिभियाको राजधानी लापाज,समुन्द्र सतहबाट ३,६५८ मिटर उचाईमा रहेको
- बोलिभिया नै त्यस्तो राष्ट्र हो जसमा दुई राजधानी रहेका छन् । एउटा लापाज र अर्को सुक्रे ,
- विश्वमै धेरै सैनिक विद्रोह हुने मुलुक बोलिभिया,
- दक्षिण अमेरिकाको सबैभन्दा उच्च भूभागः–माउण्ट एकान्कागुवा, ६,९६२ मी., अर्जेन्टीना, एण्डीज पर्वतमाला
- होचो भागः– Penisula Valdes , –४० मि.
- सबैभन्दा ठूलो राष्ट्र ब्राजील, क्षेत्रफल ८५,४७,४०४ वर्ग कि.मि, राजधानीः–ब्रासिला, जनसंख्या २० करोड,
- यो महादेशको सबैभन्दा सानो राष्ट्र ट्रिनिदाद एण्ड टोवागा, क्षेत्रफल ५,१२४ वर्ग कि.मि.,
- यो महादेशमा १२ वटा राष्ट्रहरु रहेका,
- ठुलो हिमनदी पेरिटो मेरिनो,
- ठुलो तालः–माराकाइबा, क्षेत्रफल,१३५०० वर्ग कि.मि., भेनेजुएला
- विश्वकै ठुलो नदीः–अमेजन, ६,२९६ कि.मि.
- घाँसे मैदानः–पम्पाज
- प्रमुख पर्वतमालाः–एण्डीज, ७,२०० मि. कोलम्बीया देखि चिली सम्म ६ राष्ट्रमा फैलिएको,
- एण्डीज पर्वतमालाबाट सिर्जित मरुभुमीः–पारागेनिया
- एण्डीज पर्वतमाला उत्तरमा ट्रिनी द्धिपबाट दक्षिणमभा स्टानन द्धिपसम्म फैलिएको,
- ठुलो मरुभुमीः–पाटागोनिया मरुभुमी, अर्जेन्टीना
- गर्मि हुने ठाउँः–अर्जेन्टिनाको रिकाडाभीया
- जाडो हुने ठाउँः–अर्जेन्टीनाको सर्मिएन्टो
- विषम हावापानीको देशः–अर्जेन्टीना
- जलस्रोतमा विश्वकै धनी देशः–ब्राजिल
- विश्वमा सबैभन्दा धेरै कफी उत्पादन गर्ने देशः–ब्राजिल
- विश्वको सबैभन्दा अग्लो झरनाः–एन्जेल, भेनेजुएला(९७९ मि.) द. अमेरिका
- द. अमेरिकाको सबैभन्दा उचाईमा रहेको तालः–टिटिकाका, पेरु,३८१० मि.
- विश्वको सबैभन्दा लामो देशः–चिली
- दक्षिण अमेरिकाका नदिहरु एण्डीज पर्वतबाट सुरु भई आन्ध्र महासागरमा खस्छन्,
- द. अमेरिकालाई भौगोलिक आधारमा तिन भागमा विभाजन गरिएकोः–एण्डीज पर्वत श्रेणी, मध्य समतल भुमि र पुर्वी उच्च भुमि)
- एण्डीज पर्वत श्रेणी द.अमेरिकाको पश्चिममा पर्दछ ।
- पृथ्वीको केन्द्रबाट सबैभन्दा अग्लो बिन्दु–चिम्बोराजो इक्वेडरमा पर्ने
- इक्वेडेरियल क्षेत्रमा गर्मि र चिस्याईलो पाईन्छ ।
- अटाकामा मरुभुमि क्षेत्र चिलीमा वर्षा शुन्य मात्रामा पाईन्छ ।
- प्रमुख नदीहरुः–अमेजन ओरिन्को, पराना,पाराग्वे, उरुग्वे, रियोग्राण्डो।
- प्रमुख शहरहरुः–ब्रासिला, रियो दि जेनेरियो–ब्राजिल, व्युनर्स आयर्स–अर्जेन्टीना, बोगोटा–कोलम्बीया, लापाज–बोलिभिया, साल्भाडोर
- प्रमुख देशहरुः–ब्राजिल, अर्जेन्टीना, चिली, कोलम्बीया, पेरु, उरुग्वे,भेनेजुएला, पाराग्वे, इक्वेडोर, गुयना ।
- प्रमुख उद्योगहरुः–कोको, कफि, उखु, खाद्यन्न, रबर सम्बन्धी
- खनिज पदार्थः–सुन, चाँदी, हिरा, टिन, ताँवा
- प्रमुख जातीहरुः–पुर्तगाली, उत्पत्तीका आधारमा युरापेली जाती, रेड इण्डीयन, काला जाती, निग्रो, म्युलेटोस, मेस्टीजोसको मिश्र प्रजाती
- विश्व सम्पदाका स्थलहरु मारासाईट र कोपन द. अमेरिकामा पर्ने ।
अन्टार्कटिका महादेश
परिचय- यसको क्षेत्रफल १ करोड ३० लाख वर्ग कि.मि.,
- जनसंख्या ८.९ प्रतिशत
- जनसंख्या १००० जना अनुसन्धानका लागि बसेका
अवस्थीति - ६६ डिग्री ३० मिनेट द. अक्षांश देखि ९० डिग्र द. अक्षांश सम्म,
- ११४ डिग्री पुर्वी देशान्तर देखि १५३ डिग्री पुर्वी देशान्तर सम्म,
चार दिशाः–आप्र–क्यापा–डे - पुर्वमा आन्ध्र महासागर,
- पश्चिममा प्रशान्त महासागर,
Comments
Post a Comment