नेपालकाे इतिहास

 नेपालकाे इतिहास सम्बन्धी जानकारी 

 १.१ नेपालको इतिहासः 

नेपालको  इतिहास

प्राचीनकाल                                                

     १) गोपाल वंश २) आभिर वंश ३) किराँत वंश    ४) सोम वंश   ५) लिच्छवी वंश                

मध्यकाल                                                            

 १) उपत्यका मल्ल काल    २) पुर्वी सेन राज्य    ३) चौबिसे राज्य  ४) बाइसे राज्य   ५) एकिकरणको सुरुवात                                                     

आधुनिक काल

  १) नेपाल एकिकरण बिस्तार      २) नेपाल–अंग्रेज युद्ध र सन्धी           ३) राणा शासन काल १०४ बर्ष 

 ४) प्रजातन्त्रको स्थापना र आम निर्वाचन     ५) पञ्चायती शासनकाल ३० बर्ष       ६) पहिलो जनआन्दोलन २०४६ 

) १० बर्षे जनयुद्ध         ८)  दोस्रो जनआन्दोलन २०६२÷२०६३  

नेपालको प्राचीनकालिन इतिहास ः

नेपाल शब्दको उत्पत्ति र विकासक्रम ः

  1. सत्ययुगमा नेपाललाई सत्यवति राजा ययाती मनोसंवाद ५१८४ बर्ष शासन गरेका थिए 
  2. त्रेतायुगमा नेपाललाई तपोभुमि वा तपोवन राजा रामचन्द्र ३८८८ बर्ष शासन गरेका थिए 
  3. द्वापरयुगमा नेपाललाई मुक्तिसोपन राजा युधिष्ठर २५९२ बर्ष शासन गरेका थिए । 
  4. कलियुगमा नेपाललाई नेपाल भनिने राजा भोजराज १२९६ बर्ष शासन गरेका थिए ।
  5. महाभारतमा वनपर्वमा नेपाललाई बिषयको रुपमा चर्चा गरिएको पाइन्छ ।
  6.  नेपालका पर्वत श्रङ्खला र उपत्यकाहरुमा प्राणीकाे आर्कषित भएकाे समय करिब १३ कराेड बर्ष 
  7. नेपालका भेटिएकाे पहिलाे मानब अवशेष रामपिथेकस [बुटवलमा रहेकाे  छ]  
  8. नेपाल शब्दकाे उल्लेख भएकाे वेदकाे नाम अथर्ववेद हाे जसकाे परिशिष्टकाे कुर्म विभागमा उल्लेख रहेकाे छ 
  9. ऋग्वेदकाे कुन प्रदेशमा नेपाल शब्दकाे उल्लेख भएकाे  छ ।  —ऋग्वेद वर्गित हिमावन्त प्रदेश अन्तर्गत 
  10. नेपालबारे उल्लेख भएकाे बाैद्ध ग्रन्थकाे नाम के हाे ।  — मुल सर्वास्तिवाद विनय संग्रह नामकाे बाैद्ध ग्रन्थमा
  11. महाभारत वन पर्वमा नेपालालाई कुन रुपमा उल्लेख गरिएकाे छ ।                     — बिषय पर्व
  12. पहिलाेपटक नेपाल शब्दकाे प्रयाेग भएकाे अभिलेख कुन हाे ।            — टिस्टुङ वि.सं ५६९
  13. तिब्बती भाषामा नेपालकाे अर्थ   — नेकाे अर्थ घर र पालकाे ऊन जसलाई ऊनकाे घर भनिन्छ 
  14. तिब्बतीहरुले नेपाललाई प्रयाेग गरेकाे शब्द       — वल्वो हाे 
  15. मंगाेलहरुले नेपाललाई वल्पाे भन्ने गर्दथे । 
  16. भाेटमा निवासीहरुले हिमाल पारीकाे नेपालकाे भु–भागलाई पालदेश वा वाल्पाे भन्थे ।
  17. लिम्बु भाषामा नेपालकाे अर्थ   — समतल भुमी 
  18. संस्कृत भाषा अनुसार निप +आल ‌= नेपाल र निपको अर्थ पहाडकाे काठ र पालकाे अर्थ ठाँउ 
  19. लेप्चा भाषामा नेपालकाे अर्थ पवित्र गुफा जसमा नेकाे अर्थ पवित्र र पालकाे अर्थ गुफा हुन्छ । 
  20. तामाङ भाषामा नेपालकाे अर्थ पृथ्वी स्तनस्वरुप पर्वतबाट पालित भन्ने हुन्छ ।
  21. चिनिया यात्रीहरुले नेपाललाई निपाेलाे भन्ने गर्दथे । 
  22. सम्राट अशोक लुम्बिनी भ्रमणमा  इ.पु २४९ मा १४ औं किराती राजा स्थुङ्काे पालामा  आएका थिए । 
  23. नेपालकाे  सबैभन्दा पुरानाे वंशवली कुन हाे ।                  — गाेपाल वंशवली (राजा जयस्थिति मल्लले तयार गरेका थिए 
  24. गाेपाल वंशवली कुन भाषामा निर्माण गरिएकाे  थियाे ।                         — संस्कृत भाषा 
  25. गोपाल वंशावली १४ औँ शताब्दीमा तयार पारिएको मानिन्छ ।
गाेपाल वंश ः 
  1. गाेपाल वंश गोपा (यादव)  द्वारा काठमाडाैं उपत्यकामा स्थापना गरिएको नेपालको पहिलो राजवंश थियो।
  2.  गोपाल वंशका राजाहरूले नेपालमा ५०५ वर्ष शासन गरे। 
  3. महिषपाल वंशका शासकहरूले गोपाल वंशलाई प्रतिस्थापित गरेका थिए
  4.  यस वंशका आठ राजा थिए भुक्तमान पहिलो र यक्ष गुप्त अन्तिम राजा थिए ।
  5. पशुपतिनाथकाे मन्दिर निर्माणको श्रेय गोपाल वंशका राजाहरूलाई दिइन्छ।
  6.  गोपाल वंशका राजाहरू भगवान शिवका भक्त थिए । 
१. भुक्तामनगुप्त    २. जयगुप्त    ३. परमगुप्त      ४. हर्ष गुप्त       ५. भीमगुप्त     ६. मणीगुप्त   ७. बिष्णु गुप्त      ८. यक्षगुप्त 
  1. गाेपाल वंशका शासकहरुले ५२१ बर्ष शासन गरेकाे तथ्य पनि काँही कतै फेला पर्ने गरेकाे छ । 
  2. गोपाल हरुकाे शासन केन्द्र कीर्तिपुर पश्चिमतर्फ मातातीर्थमा थियो 
  3. दक्षिणबाट आएका गोपालहरु र नेपालमा रहेका प्राचीन नागजाति बिच भिडन्त हुँदा नाग जाति पराजित भई दक्षिण भेग तर्फ लागे भने नेपाल उपत्यकामा गोपाल हरूको वर्चस्व कायम भयो
  4. टेकु दोभानमा तपस्या गरी बस्ने ने मुनीले गोपालवंशका भुक्तमान (भूमि गुप्त)लाई राजा बनाएका थिए।
  5. गोपालवंशी का 8 पुस्ताका राजाहरूले नेपालमा राज्य गरेका थिए ।
  6. आठवटा राजाहरु भूमिगुप्त ,जीत गुप्त , जय गुप्त ,धर्म गुप्त , हर्ष गुप्त , भीम गुप्त , मणि गुप्त र विष्णु गुप्तले 507 वर्ष चार महिना राज्य गरेका थिए ।
  7. त्यस समयमा नेपालको सिमाना पूर्वमा दुधकोशी देखि पश्चिमा त्रिशुली गंगासम्म , उत्तरमा गोसांईकुण्ड देखि दक्षिणमा चित्लाङसम्म फैलिएको थियो ।
आभिर वंश ः 
तीन जना राजा ः वरसिंह जयसिंह र भुवनसिंहले १११ वर्ष शासन गरेकाे तथ्य रहेकाे छ । 
  1. गोपालवंशका जित गुप्तलाई युद्धमा पराजित गरी अभिर महिषपाल हरु शासन गरेका थिए ।
  2. गाई पाल्नेलाई गोपाल भने झै भैसी पाल्नेलाई महिषपाल वा आभिर भनिन्छ ।
  3. कर्क प्याट्रिक को वंशावलीमा आभिर हरु राजपूत ग्वालाहरु भएका र सिम्रौनगढ र जनकपुरबीचको समतल भूमिमा आफूसँग हातहतियारसमेत राखी ठूलो संख्या मा भैसी पाल्ने गरेकोमा उपत्यका प्रवेश गरी गोपाल बंशी राजालाई हराई शासनमा नियन्त्रण कायम गरेको भनी उल्लेख गरिएको छ।
  4. अभिर वंशका वरसिंह , जयसिंह र भुवनसिंह गरी तीन पुस्ताका राजाले सय वर्षभन्दा बढी अवधिसम्म नेपालमा शासन गरेका थिए ।
  5. भुवन सिंहको पालामा पूर्वतिरबाट आएका किराँती समुदायका नाइके एलम अर्थात् यलम्बरले आक्रमण गरी भुवनसिंहलाई पराजित गरी राज्यसत्तामा आफ्नो नियन्त्रण कायम गरेको थियो।
  6. शासन केन्द्र मातातिर्थ रहेकाे थियाे । 
किरात वंश ः 
  1. किरातकालमा २८ पुस्ताका ३२ राजाहरले शासन गरेका थिए । 
  2. किरातहरुकाे शासन केन्द्र शंखमुल रहेकाे काँही कतै गाेर्कण उल्लेख भएकाे पाइन्छ । 
  3. किरात वंशका पहिलाे राजा यलम्बर हुन भने अन्तिम राजा गस्ती हुन । 
  4. सम्राट अशोक लुम्बिनी भ्रमणमा  इ.पु २४९ मा १४ औं किराती राजा स्थुङ्काे पालामा  आएका थिए । 





Comments

Popular posts from this blog

ब्रह्माण्ड सम्बन्धी जानकारी